logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

साता दिनमै उत्तर कोरियाले गरे दोस्रो मिसाइल प्रक्षेपण


  • राजनीति
  • बुधबार, साउन १५ २०७६

पोखरा- साता दिनमै उत्तर कोरियाले दोस्रो मिसाइल दुईवटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले बुधबार बिहान पूर्वी तट वानसनतर्फ उक्त दुई मिसाइल प्रक्षेपण गरेको हो । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा भेट गरेपछिको पहिलो मिसाइल प्रक्षेपण थियो ।

दक्षिण कोरियाले अमेरिकासँग मिलेर सुरु गर्न लागेको संयुक्त सैन्य अभ्यास रोक्न ‘गम्भीर चेतावनी’ दिएको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाले आगामी महिना दक्षिणले गर्न लागेको सैन्य अभ्यासका विषयमा आपत्ति जनाएको छ ।

बुधबार बिहान २५० किमिको दूरीसम्म उडेको मिसाइल ३० किमिको उचाइबाट जापानको समुद्र अर्थात पूर्वी समुद्रमा खसेको थियो । जेसिएसले उक्त मिसाइल ‘विगतका भन्दा फरक प्रकृतिका’ भएको बताएको छ । उक्त मिसाइलले अतिरिक्त मसाइल प्रक्षेपणको स्थिति अनुगमन गर्नेसमेत जनाइएको छ । जापानको रक्षा मन्त्रालयले आफ्नो भूमिमा कुनै पनि मिसाइल नपुगेको जनाएको छ ।

उत्तर कोरियाले गत साता पनि दुई वटा छोटो दूरीका मसाइल प्रक्षेपण गरेको थियो । जसमध्ये एउटा मिसाइलले ६९० किमिको दूरी तय गर्दै ५० किमिको उचाइबाट समुद्रमा खसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार