logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

अफ्रिकी राष्ट्रहरुप्रति अभद्र टिप्पणी गरेपछि माफी माग्न ट्रम्पलाई अफ्रिकाका ५४ राष्ट्रको चेतावनी


  • राजनीति
  • शनिबार, पुष २९ २०७४

NEW YORK, NY - AUGUST 15: US President Donald Trump delivers remarks following a meeting on infrastructure at Trump Tower, August 15, 2017 in New York City. He fielded questions from reporters about his comments on the events in Charlottesville, Virginia and white supremacists. (Photo by Drew Angerer/Getty Images)

२९ पुस, काठमाडौं । आप्रवासी मुद्दामा अफ्रिकी राष्ट्रहरुप्रति अभद्र टिप्पणी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध भएको छ ।

ट्रम्पसको अभिव्यक्ति समाचारमा आएपछि ५४ अफ्रिकी मुलुकले भनाई फिर्ता लिन र माफी माग्न चेतावनी दिएका हुन् । ट्रम्पले भने आफूले त्यस्तो अभिव्यक्ति नदिएको दाबी ट्रम्पको छ । तर, त्यसबेला ह्वाइट हाउसमा उपस्थित डेमोक्र्याटिक सिनेटर डिक डर्बिनले ट्रम्पले अफ्रिकी देशहरुलाई ‘सिटहोल कन्ट्रिज’ भन्दै अनेकौँ पटक रंगभेदी टिप्पणी गरेको दाबी गरेका छन्।

संयुक्त राष्ट्रसंघमा अफ्रिकी युनियनका राजदूतहरुको समूहले ट्रम्पको टिप्पणीबाट आफूहरुलाई ‘गम्भीर आघात परेको’ भन्दै अमेरिकी राष्ट्रपतिको अपमानजनक, रंगभेदी र जेनोफोबिक टिप्पणीको कडा भर्त्सना गरेको छ। सो समूहले ट्रम्पले सो भनाइ फिर्ता लिएर माफी माग्न पनि माग गरेको छ।

केही अफ्रिकी राष्ट्रले अमेरिकी राजदूतलाई बोलाएर यस सम्बन्धमा स्पष्टीकरण पनि मागेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार