logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दुई वटा आत्मघाती आक्रमण हुदाँ इराकमा २६ को मृत्यु


  • राजनीति
  • सोमबार, माघ १ २०७४

A Syrian army soldier and civilians inspect the damage after explosions hit the Syrian city of Tartous, in this handout picture provided by SANA on May 23, 2016. SANA/Handout via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. REUTERS IS UNABLE TO INDEPENDENTLY VERIFY THIS IMAGE. EDITORIAL USE ONLY. TPX IMAGES OF THE DAY

बग्दाद । इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो ।

पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका पुष्टि गर्नु भएको छ ।

मध्य बग्दादको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरुले सोमबार विहान सबेरै विस्फोटहरु गराएका थिए । सिन्ह्वा समाचार समितिका अनुसार भने मध्य बग्दादको ताएयारन स्वाएरमा निर्माण सम्बन्धि कामदारहरु जम्मा भएका इलाका लक्षित विस्फोट भएको थियो ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको र विस्फोटहरु भीषण भएको हुनाले मृतक र घाइतेको सङ्ख्या बढ्ने पनि प्रहरीको अनुमान रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार