logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

अमेरिका द्धारा उत्तर कोरियाली क्षेत्रमा शक्तिशाली लडाकु जहाज ल्यान्ड


  • राजनीति
  • मंगलबार, माघ २ २०७४

OVER THE PACIFIC OCEAN -- A B-2 Spirit bomber prepares to refuel from a KC-135 Stratotanker during a deployment to Andersen Air Force Base, Guam. The bomber deployed as part of a rotation that has provided U.S. Pacific Command officials a continuous bomber presence in the Asia-Pacific region, enhancing regional security and the U.S. commitment to the Western Pacific. The Spirit is from the 509th Bomber Wing at Whiteman AFB, Mo. The Stratotanker is assigned to the Illinois Air National Guard's 126th Air Refueling Wing at O'Hare International Airport in Chicago. (U.S. Air Force photo by Master Sgt. Val Gempis)

बहुचर्तित अमेरिका र उत्तर कोरियाबीच जारी वाकयुद्धले नयाँ मोड लिने अवस्था देखिएको छ। एक महिनापछि दक्षिण कोरियामा हुन लागेको विन्टर ओलम्पिक भन्दा अगाडि अमेरिकाले उत्तर कोरियामाथि आफ्नो निगरानी बढाउने निर्णय लिएको छ ।
अमेरिकाले गुआम क्षेत्र नजिकै लडाकू विमानको तैनाथी पनि बढाएको छ । यसका अलावा एक एयरक्राफ्ट करियर र युद्धक समुद्री जहाजलाई पनि अमेरिका उत्तर कोरियाको तटीय क्षेत्रमा तैनाथ गरेको छ ।
समाचार एजेन्सी एपीका अनुसार, अमेरिकाको यस कदमको उत्तर कोरियाले निन्दा गरेको छ । उत्तर कोरियाले अमेरिका विन्टर ओलम्पिकसम्म दक्षिण कोरियासँग आफूले सैन्य अभ्यास पनि नगर्ने भनी दिएको बचनको उल‌ंघन गरेको जनाएको छ।
तर अब अहिले अमेरिका आफ्नै कुरालाई लत्याउँदै युद्धको मुडमा देखिएको भन्दै उत्तर कोरियाले अमेरिकाको यस कदमले दुई कोरियाको सम्बन्ध अझ बिग्रने चिन्ता पनि व्यक्त गरेको छ ।
हालै मात्र उत्तर कोरिया र दक्षिण कोरियाका केही अधिकारीबीच वार्ता पनि भएको थियो । यस बैठकमा दुवै देशले विन्टर ओलम्पिकबारे चर्चा गरेका थिए । यो वार्तामा उत्तरले आफ्ना खेलाडी दक्षिण कोरिया पठाउने सहमति जनाएको थियो । अमेरिकाले पनि यो निर्णयको स्वागत गरेको थियो।
तर पछिल्लो साता मात्रै अमेरिकी एयरफोर्सले तीनवटा बी-२ स्प्रिट लडाकु विमानको तैनाथी गुआममा गर्ने निर्णय लिएको थियो । यसका साथै २०० एयरफोर्सका जवानलाई पनि त्यहाँ तैनाथ गराइएको छ। अमेरिकाले यो निर्णय स्थानीय परिस्थिति हेरेर लिएको जनाएको छ।
बी-२ स्प्रिट लडाकू विमान धेरै खतारनाक मानिन्छ । यो विमान आणविक हतियारलाई पनि नष्ट गर्न सक्षम मानिन्छ । साथै दुष्मनलाई नष्ट गर्ने कुरामा यसको प्रतिस्पर्धा अरु जहाजसँग हुनै सक्दैन ।
किन विशेष हो गुआम?
गुआममा अमेरिकाको एन्डरसन एयर फोर्स बेस रहेको छ । नेभी बेस पनि यहीँ छ । यहाँ करिब ७ हजार अमेरिकी सैनिक आफ्ना परिवारसहित बस्दै आएका छन् । अमेरिकी द्वीपमा बी-५२ बमवर्षकसहित कयौँ लडाकू विमान तैनाथ छन् । यहाँ परमाणु हतियारले सुसज्जित युद्धपोत पनि छन् ।
उत्तर कोरियाको सबै भन्दा नजिकको कुनै अमेरिकी इलाका भनेको गुआम नै हो । दुवैबीच करिब ३४२७ किलोमिटरको दुरी छ । गुआममा करिब एक लाख ६० हजार जनसं‌ख्या छ । यहाँका सबै बासिन्दालाई अमेरिकी नागरिकता दिइएको छ । तर यी मानिसले अमेरिकी चुनावमा भोट भने हाल्दैनन् ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार