logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भ्रम फैलाएको आरोपमा दुई सयबढी ‘युट्यूब’ च्यानल बन्द


  • एजेन्सी
  • शनिबार, भाद्र ७ २०७६

लामो समयदेखि हङकङमा जारी प्रदर्शनलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारण गरेको आरोपमा २०० भन्दा बढी युट्यूब च्यानल बन्द गरिएको छ।

हङकङमा जारी विरोध प्रदर्शनलाई बढावा दिने गरेको भन्दै केही हप्ताअघि ट्विटर र फेसबुकले पनि केही खाताहरुलाई बन्द गरेका थिए।

ट्विटर र फेसबुकपछि हङकङ प्रदर्शनको दुष्प्रचारको आरोपमा २ सय १० वटा युट्यूब च्यानल बन्द गरिएको गुगलले जनाएको छ। ती युट्यूब च्यानलमाथि आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको आरोप लागेको छ।

गुगलले त्यस्ता असक्षम खाताहरुको पछाडि चिनियाँ सरकारको हात रहेको आरोप लगाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार