logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निर्वाचन समितिका प्रमुख माथी आक्रमण


  • एजेन्सी
  • शनिबार, भाद्र २१ २०७६

मस्को- रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार राती झण्डै १ः ३० बजेतिर ६५ बर्षीया निर्वाचन प्रमुख इला पाम्फीलोभलाई आक्रमण भएको हो । रूसमा आउदो आइतबार क्षेत्रीय निर्वाचन हुने तय भएको थियो र त्यसका लागि तयारी अन्तिम चरणमा पु¥याइएको थियो ।

उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । पत्रकार सम्मेलनमा उनी कुनै चोट नदेखिनेगरी उपस्थित भएकी थिइन् । उनले आफुलाई अहिले ठिक भइसकेको दावी गर्दै पत्रकार सम्मेलनमा भनिन्, “मलाई कुनै गाह्रो भएको छैन ।” प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न र दोषीको खोजी गर्न थालिसकेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार