logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वैज्ञानिकको दावी : मानिसको निधन पछि पनि शव चलिरहन्छ


  • एजेन्सी
  • मंगलबार, भाद्र ३१ २०७६

निधन पश्चात पनि मानिसको शरीर एक वर्षसम्म हलचल गरिरहने वैज्ञानिकहरुले दाबी गरेका छन् । अष्टे्लियाका वैज्ञानिक एलिसन विल्सनले एक अनुसन्धान गरि यस विषयको दाबी गरेका हुन् । उनले एक शव माथि १७ महिनासम्म अध्ययन गरि लाशको हलचललाई क्यामेरामा कैद गरेका थिए

एलिसनका अनुसार व्यक्तिको निधन भईसकेपछि पनि  शरिरमा एक हदसम्मको गति कायम रहन्छ । यसै कारण पनि कतिपय मानिस मरिसकेपछि पनि जिवित हुने उनको भनाई छ ।

एलिसनका अनुसार, अनुसन्धानको शुरुवातमा  व्यक्तिको हातलाई शरिरसँग जोडिएर राखिएको थियो । समय बित्दै जाँदा हात विस्तारै–विस्तारै राखिएको स्थानबाट सर्दै गएको थियो । उनले हात चल्नु शरिर सुख्दै जाँदाखेरिको अवस्था हुनसक्ने आंकलन गरेका छन् ।

एलिसनले यो अध्ययनबाट व्यक्तिको… र …. बारे पनि यकिन गर्न सजिलो हुने बताउँछन् । एलिसनले अनुसन्धानको क्रममा शवको तस्बिर प्रत्येक आधा घण्टामा खिच्दै शरिरको हलचलबारे अध्ययन गरेका थिए ।

उनले आफ्नो अध्ययनले व्यक्तिको निधन पश्चात पनि शरिरमा हलचल पैदा हुने पुष्टि भएको दाबी गरेका छन् । वैज्ञानिक एलिसन यस खोजले मानव शरिरका विषयमा अन्य अध्ययन गर्न सजिलो हुने बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार