logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भाषण गर्दै गर्दा राजपाका उपाध्यक्ष काे मृत्यु


  • एजेन्सी
  • आइतबार, असोज ५ २०७६

भाषण गर्दागर्दै राष्ट्रिय जनता पार्टी राजपा नेपालका केन्द्रिय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ । शनिबार ललितपुरमा आयोजित पार्टीको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हृदयघात भएपछि उपचारका क्रममा उनको निधन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा हृदयघात भएपछि तत्काल नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको र उपचारका क्रममा चौधरीको मृत्यु भएको  राजपाका महासचिव केशव झाले जानकारी दिए ।

चौधरीको दाहसस्कार गृहजिल्ला बारामा गर्ने भएकाले उनको शव बारा लैजाने तयारी भएको झाले जानकारी दिए । ६० वर्षीय चौधरी लामो समयदेखि मुटुको समस्याबाट पिडीत थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार