logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जब आँधीमा फस्यो एयर इन्डियाको विमान…


  • एजेन्सी
  • सोमबार, असोज ६ २०७६

भारतको नयाँ दिल्लीबाट कोची हुँदै तिरुवन्तपुरम गइरहेको एयर इन्डियाको विमान शुक्रबार आँधीमा फसेको छ ।

समाचार एजेन्सीका अनुसार उक्त विमानमा १७२ यात्री सवार थिए ।

आँधीमा फसे पनि यात्रुहरुलाई कुनै नोक्सानी भएन र विमानलाई सुरक्षित ल्याण्ड गराइएको थियो ।

यस घटनाको जाँच एयरलाइन्सको सुरक्षा विभागले गरिरहेको छ ।

विमानले कोचीबाट त्रिवेन्द्रमका लागि उडान भरेपछि बीच बाटोमा आँधीमा फसेको थियो । त्यसपछि ए–३२१ विमानलाई निरीक्षणका लागि तत्कालै ल्याण्ड गरिएको थियो । विमानमा सामान्य क्षति पुगेको छ ।

विमानको आपत्तकालिन ल्याण्डिङ र निरीक्षणका कारण रिटर्न फ्लाइट करीब ४ घण्टा ढिला भएको थियो ।

विमान चट्याङ चपेटामा आएको थियो

एक हप्तामा आकाशमा विमान संकटमा फँसेको यो दोस्रो घटना हो । यसअघि १७ सेप्टेम्बरमा दिल्लीबाट विजयवडाबाट जाने एयर इन्डियाको ए–३२० विमान पनि चट्याङको चपेटमा आएको थियो । सो घटनामा विमानको क्याबिन क्रुका एक सदस्य सामान्य घाइते भएका थिए । विमानका सबै यात्रु भने सुरक्षित थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार