राजनीति
भुटानमा भारतीय सेना हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ।
शुक्रबार उक्त हेलिकप्टर अरुणाञ्चलको खिरुमबाट भुटानको योङ्फुल्लाका लागि उडेको थियो।
हेलिकप्टरमा रेडियो कनेक्सन बिग्रिएपछि दिउसो १ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा एक भारतीय सेनाका राजनिस परमर र भुटानी सेनाका कलजंग वाङ्दीको मृत्यु भएको द हिन्दुले जनाएको छ। उनीहरू दुबै जना पाइलट हुन्।