logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतमा प्रदर्शन हिंसात्मक बन्दै ८ बर्षिया बालक सहित २० जनाकाे मृत्यु


  • एजेन्सी
  • आइतबार, पुष ६ २०७६

नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर भारत का विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन् ।

शनिबारको मृत्युसङ्ख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको उत्तर प्रदेशमा प्रदर्शनकारी थप हिंसात्मक बनेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि चार प्रदर्शनकारीको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रवक्ता शिरिषचन्द्रले एएफपीलाई बताए ।

शनिबार बाराणासीमा प्रहरीको दवाबपछि करिब दुई हजार ५०० प्रदर्शनकारीहरूबीच भएको भागदौडका क्रममा आठ बर्षिय बालकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रभाकर चौधरीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार