logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुर्व प्रधानन्यायाधीशलाई पक्राउ अदालतकाे आदेश, यस्तो छ अभियाेग ?


  • एजेन्सी
  • सोमबार, पुष २१ २०७६

बङ्गलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीससहित १० जनालाई पक्राउ गर्न आदेश दिएको छ ।

पक्राउका लागि आदेश दिइएका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हा सहित १० जनाले झण्डै पाँच लाख अमेरिकी डलर बराबर घुस घाएको बङ्गलादेशी अभियोजनकर्ताहरूले जनाएका छन् ।

‘ती सबै जना न्यायालयबाट भागेका अधिकारी हुन्,’ अभियोजनकर्ता कुर्सिद अलाम खानले एएफपीलाई बताए । सिन्हाले पदमा रहँदा आर्थिक अपचलन गरेको र एक बैंकबाट अर्को गर्दै सम्पत्ति शुद्धिकरण गरेको आरोप छ ।

सिन्हाले सरकारविरोधी हुनेगरी न्यायिक स्वतन्त्रताको पक्षमा महत्वपूर्ण फैसला गरेको आरोप छ । उनीमाथिको आरोपले चर्कोरूप लिएपछि सन् २०१७ को अन्त्यतिर बङ्गलादेशबाट पलायन भै उत्तर अमेरिकामा रहँदै आएका छन् ।
मुसलमान बहुल राष्ट्र बङ्गलादेशमा सिन्हालाई हिन्दू भएको कारण उनको विश्वशनीयतामाथि आक्रमण गर्दै आर्थिक अपचलन गरेको आरोप प्रतिपक्षी तथा अधिकारवादी समूहहरूले लगाउने गरेका छन् । सिन्हा हिन्दू समुदायबाट बङ्गलादेशको प्रधानन्यायाधीश बन्ने पहिलो व्यक्ति हुन् ।
सिन्हाले नेतृत्व गरेको अदालतका अन्य न्यायाधीशले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीसँग काम गर्न नसक्ने भन्दै विरोध जनाएपछि बङ्गलादेशको सर्वोच्च अदालतले सन् २०१७ मा अदालतको अभ्यासमा दुर्लभ मानिने विज्ञप्ति जारी भएपछि देशबाट उनी पलायन भएका थिए ।

सिन्हामाथि उक्त आरोप लाग्नुभन्दा पहिले उनले संसदले सर्वोच्च अदालतका उच्च अधिकारीलाई वर्खास्त गर्ने प्रावधानलाई एक आदेशद्वारा खारेज गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार