logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ज्वालामुखी बिस्पाेटकाे डर बढेपछि तीन ठुला शहर खाली


  • एजेन्सी
  • सोमबार, पुष २८ २०७६

मनिलानजिकै आइतबार ज्वालामूखी विस्फोट भएलगत्तै फिलिपिन्स सरकारले अर्को विनाशकारी ज्वालामुखी फुट्नसक्ने चेतावनी जारी गरेको छ।

अर्को ठूलो र भयानक ज्वालामूखी विस्फोट हुने तथा घन्टौंसम्म लाभा र खरानी निस्किइरहन सक्ने जनाइएको छ। सो क्षेत्रमा अहिले सानोतिनो भूकम्पीय झट्का समेत महशुस गरिएको छ।

आइतबार विस्फोट भएको ज्वालामुखीबाट प्रभावित बसोबास गर्ने स्थान खाली गराइएको छ। यो ज्वालामूखी मनिलाबाट ६० किलोमिटर टाढा लुजोन टापुमा विस्फोट भएको थियो।

लगत्तै अर्को भयानक विस्फोटको संकेत देखिएपछि अधिकारीहरुले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन्। मनिला अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण रोकिएको छ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजीले नयाँ ज्वालामूखी विस्फोट क्षेत्रमा भौगर्भिक गतिविधी तीव्र भइरहेको जनाएको छ। आइतबार विस्फोट भएको ज्वालामुखी निरन्तर फाटिरहेको र १४ किलोमिटर टाढासम्म खरानी छरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार