logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

विमान धावनमार्गबाट चिप्लिएर शहरको मध्यमा रहेको सडकमा पुग्यो हेर्नुस {भिडियो}


  • एजेन्सी
  • सोमबार, माघ १३ २०७६

पोखरा – यात्रुहरुले भरिएको एक इरानी क्यास्पियन एयरलाइन्सको उडान नं ६९३६  को विमान धावनमार्गबाट चिप्लिएर शहरको मध्यमा रहेको सडकमा पुगेको छ ।

स्थानीय समयअनुसार सोमवार बिहान पौने ७ बजे तेहरानबाट उडेको बिमान  दक्षिण पश्चिममा रहेको बन्दर–ए महशहरमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको तस्नीम समाचार संस्थाले लेखेको छ ।

बिमानमा क्षती पुगे पनी यात्रुहरूलाई शान्तिपूर्वक विमानबाट निकालिएको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा अहिले चर्चित बनिरहेको छ । त्यसमा बोइङ विमान सडकको बीचमा तेर्सिएको देखिन्छ ।

विमानलाई खासै केही नभएपनि सडक चाहिँ क्षतिग्रस्त बनेको छ । खुजेस्तान एयरपोर्ट्सका व्यवस्थापकीय निर्देशक रेजा रेजाएईले इर्ना समाचार संस्थालाई घटनाका कारण विमानमा आगो नलागेको र कसैलाई पनि चोटपटक नलागेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार