राजनीति
चीनमा महामारीको रुपमा देखिएको कोरोना भाइरसबारे विश्वभर अनेकन तर्क चलिरहेको छ । कोरोना भाइरस उत्पत्तिको पछाडि अनेकन कहानीहरु जोडेर प्रचार भईरहेको छ । यसको साथै सामाजिक सञ्जालहरुमा पनि अनेकन तर्कहरु देखिएका छन् ।
रुसी मिडियाले कोरोना बारे विशेष चर्चा चलाएको छ । रुसी मिडियाका मुख्य टिभी च्यानलहरुमा समाचारको रुपमा कोरोना भाइरसबारेको तथ्यलाई प्रस्तुत गरिएको छ । रुसी मिडियाहरुले कोरोना भाइरस उत्पत्ति र फैलनुको पछाडि अमेरिकाको हात रहेको तथ्य बाहिर ल्याएका छन् ।
प्रमुख रुसी समाचार च्यानल ‘च्यानल वन’मा सार्वजनिक गरिएको एक विशेष रिपोर्टमा कोरोनाको भाइरस सिर्जना गर्नुको पछाडि अमेरिकाको हात रहेको खुलासा गरिएको छ ।
रुसी र ल्याटिन भाषामा कोरोनाको अर्थ ‘ताज या मुकुट’ हुन्छ । रुसी टिभी च्यानलले शब्दलाई आधार बनाउँदै कोरोनाको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको विगत जोडेको छ । ट्रम्प सौन्दर्य प्रतियोगितामा रहेर सुन्दरीहरुलाई ताज लगाइदिने गर्दथे । सुन्दरीप्रति लालायित ट्रम्पले भाइरस पनि ताज या मुकुटजस्तै बनाएको दाबी टिभि च्यानलकाे छ ।
कोरोना भाइरस नश्लीय हतियार ?
वैज्ञानिकले कोरोनाको नामको पछाडि पनि यस भाइरसको आकृतिसँग जोडेका छन् । जसको आकृति ताज या मुकुटको जस्तो हुने गर्दछ ।
रुसी टिभी च्यानलमा प्रशारित ‘वेएम्या’ टिभी शो कार्यक्रममा कोरोना भाइरस र ताजबीच स्पष्ट सम्बन्ध रहेको तथ्य खुलाइएको छ । कोरोना कृत्रिम रुपबाट तयार गरिएको भाइरस भएको तथ्यमाथि दाबी गरिएको छ ।
भाइरस अमेरिकी खुफिया एजेन्सी र अमेरिकी औषधी कम्पनीले तयार गरेको दाबी गरिएको छ । टेलिभिजनले विशेषज्ञहरुको अध्ययनको आधारमा कोरोना र अमेरिकाबीचको तथ्य भेटाएको दाबी गरिएको छ । एजेन्सीबाट