logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काेराेनाबाट एकै दिन १ सय ३३जनाकाे मृ’त्यु


  • एजेन्सी
  • मंगलबार, फाल्गुन २७ २०७६

डरलाग्दो ढंगले फैलिएको  कोरोना भाइरसको संक्र’मणबाट इटालीमा एकै दिन १ सय ३३ को मृ’त्यु भएको छ । भाइरसबाट जम्मा मृ’त्यु हुनेको संख्या ३६६ पुगेको अधिकारीहरूले जनाएका छन् । भाइरस संक्र’मितहरुको संख्या २५ प्रतिशत बढेर ७ हजार ३ सय ७५ पुगेको छ ।

लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई क्वारन्टाइनमा बस्न आइतबार निर्देशन दिइएको हो । क्वारेन्टाइनमा नबसी भागेमा तीन महिना जे’लमा रोख्ने चे’तावनी समेत दिइएको छ ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, संग्राहलय, रात्रि क्लब र अन्य स्थल ब’न्द गर्ने घोषणा पनि गरेका छन् । उक्त निर्णय एप्रिल ३ सम्म लागु हुनेछ ।

कोरोना भाइरसको संक्रमणबाट चीनपछि इटाली सबैभन्दा प्रभावित देश बनेको छ । इटालीको सरकारी ध्वजावाहक एलइटालियाले मल्पेन्सा विमानस्थलबाट हुने सबै उडान सोमवारबाट रद्द गरिने र लिनाटे विमानस्थलमा आन्तरिक उडान मात्र हुने जनाएको छ ।

यस्तै दक्षिण कोरियामा ७ हजार ३ सय ८२ मानिस भाइरस संक्र’मित र ५१ को मृ’त्यु भएको छ । इरानमा १ सय ९४ को मृ’त्यु भएको छ भने ६ हजार ५ सय ६६ सं’क्रमित भएका छन् ।

विश्वभरी कोरोना भाइरस संक्रमितहरुको संख्या १ लाख ५ हजार र मृ’त्यु हुनेको संख्या करिब ३६ सय पुुगेको पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार