logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेराेना बिरुद्ध सार्क राष्ट्रहरु एकजुट हुन माेदीकाे अपिल


  • राजनीति
  • शनिबार, चैत्र १ २०७६

बिश्वब्यापी महामारीको रुपमा फैलिएको काेराेना भाइरस बिरु’द्ध  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्र’मण वि’रुद्ध एकजुट हुन सार्क राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार मोदीले ट्वीट गर्दै सार्क राष्ट्रहरुलाई यस्तो आग्रह गरेका हुन् । कोरोना भाइरसका कारण विश्वभर एक लाख ३० हजार सं’क्रमित छन् । साथै ४५ सय को मृ’त्यु भइसकेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्ध लड्न कडा रणनीति बनाउनुपर्ने भन्दै सार्क राष्ट्रहरुलाई आग्रह गरेका हुन् । उनले सार्कराष्ट्रका नागरिकलाई स्वस्थ राख्न कोरोना भाइरस संक्रमण विरुद्ध एकजुट भएर लड्नुपर्ने धारणा व्यक्त गरेका हुन् । यसका लागि भिडिओ कन्फ्रेन्स गर्नसक्ने पनि बताएका छन् ।

सार्क सदस्यराष्ट्रको समूहमा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल र श्रीलंका छन् । भारतमा कोरोना संक्रमितको संख्या ७० पुगेको अवस्थामा सार्क सदस्य राष्ट्रलाई मोदीले यस्तो आग्रह गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार