राजनीति
बिश्व भर द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसले उत्पात मच्चाउन थाले पछि अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न “राष्ट्रिय सङ्कटकाल” घोषणा गरेका छन्।
सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आ’पत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ।
उक्त कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ।
कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो।
अमेरिकामा १,७०१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० जनाको कोभिड-१९ कै कारण मृ’त्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
अमेरिकाका विभिन्न राज्यले सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन्।
त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ।
चीनले यस महामारीमाथि नियन्त्रण लिइसकेको अवस्थामा यो संक्रमितले नयाँ समस्या थपेको छ । कोभिड–१९ हाल विश्वका अन्यत्र क्षेत्रमा चिन्ता र भय बनिरहेको छ । यसै कारण चीनका वरिष्ठ स्वास्थ्य विज्ञ चोङ नानसानले यो कोभिड–१९ महामारीको प्रभाव जुन महिनासम्म रहने अनुमान गरेका छन् ।
यस अघि उनले अप्रिलको अन्तसम्म नियन्त्रणमा आइसक्ने अनुमान लगाएका थिए । उनै विज्ञ नानसानले चीनमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको भए तापनि यो चीनमा नै उत्पत्ति भएको भन्ने ठोस प्रमाण नरहेको उल्लेख गरेका थिए ।
त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ।विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड-१९ लाई विश्वव्यापी महाम’रीको सङ्ज्ञा दिएको छ।
गत डिसेम्बरमा चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महा’मारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ।
शुक्रवार विभिन्न युरोपेली देशमा सङ्क्रमण र मृ’त्युको दर ह्वात्तै बढेको बताएका छन्।
इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृ’त्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृ’त्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।
कोरोना महा’मारीको अन्त्य भएको चिनको घोषणा
चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्यको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले महामारी अन्त्यको घोषणा गरेका सिन्ह्वाले जनाएको छ ।
चीनमा वुहानबाहिर नयाँ बिरामी नदेखिएपछि चीनले महा’मारी अन्त्यको घोषणा गरेको हो । चीनले वुहानका सबै अस्थायी अस्पताल पनि बन्द गरिसकेको छ ।
काेराेनामाथी विजयी चिन, यसरी नियन्त्रण गर्न सफल भयाे
बिश्वभर महामारीको रुपमा फैलिदै गएको कमेराेना भाइरस चिनमा भने नियन्त्रण हुँदै गएको छ । ससकोरोना भाइरस (कोभिड(१९) को संक्रमणले चपेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ । विश्वका १ सय १२ देशमा फैलिदा चीन भने नियन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।
केही हप्ताअघिसम्म एकै दिनमा हजारौंको संख्यामा संक्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झरेको छ । केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ संक्रमितको संख्या एकदम न्यून छ । वुहान लकडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दैगएको छ । चीन आकस्मिक र कठिन यु’द्ध बनेको कोभिड–१९ माथि विजय निकट पुगेको छ ।
जनवरी २३ मा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई लकडाउन गरिएको थियो भने चीनका धेरै सहर र प्रान्तले पनि आकस्मिक स्वास्थ्य संकट घोषणा गर्दै पहिलो स्तरको चे’तावनी संकेत जारी गरेको थियो ।
हाल अधिकांश सहर र प्रान्तले सो स्तरलाई दोस्रो र तेस्रो स्तरमा झारिसकेको छ । यसै गरी वुहानमा सभा हल तथा खेल भवनमासमेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट ब’न्द गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।
महामारीले उ’ग्र रूप लिएको बेला वुहानमा रातारात हजार शैय्याका दुई अस्पतालसमेत निर्माण गरेको थियो । यसै बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा खटेका स्वास्थ्यकर्मी तथा बिरामी सबैलाई हौस्याएका छन् ।
सी महामारीपछि पहिलो पटक वुहान पुगेका हुन् । उनले केही साता अघि भनेका थिए, ‘यदि वुहानले भाइरसविरूद्धको युद्ध जित्छ भने हुपैले पनि जित्ने छ । यदि हुपैले यु’द्ध जित्छ भने राष्ट्रले नै जित्ने छ ।’
हाल वुहानको स्थितिसमेत नियन्त्रणमा आइसकेको छ । यसै गरी चीनका विभिन्न सहर र प्रान्तको आर्थिक र सामाजिक जीवन पनि सामान्य बन्दै गएको छ । चीनभर कोभिड–१९ महामारीको नियन्त्रण तथा प्र’तिरोधका कामहरूसँगै कलकारखानामा काम पुनः सुरू भइरहेका छन् ।
रोगको नियन्त्रण तथा कारखाना पुनः सञ्चालनका लागि शाङहाई नगरपालिकाले ‘कर घटाउने तथा मौद्रिक अप्ठ्यारो’ भन्ने साझा समस्याको समाधान गर्न २८ बुँदे सुविधाजनक नीति नै लागू गरेको छ ।
मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला परियोजना पुनः सुरु गराउने योजना रहेको बताइएको छ । यसै गरी क्वाङ तुङ प्रान्तको सदरमुकाम क्वाङचौ सहरमा वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसाय पुनः शुरू भएको दर ९९.५ प्रतिशत पुगिसकेको छ । यसै चीलिन प्रान्तभर वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका व्यवसाय पुनः सुरू भएको दर ९६.७ प्रतिशत पुगेको छ ।
कतिपय क्षेत्रमा पर्यटनस्थलसमेत खोलिसकेका छन् । सार्वजनिक यातायात तथा सार्वजनिक स्थलमा सकेसम्म स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै भिड नगर्न र एकआपसबीच एक मिटरको दूरी राख्न पनि आह्वान गरिएको छ । साथै स्वास्थ्य सुरक्षा र नियन्त्रणका लागि कतिपय कार्यालय रिमोट वर्कको अवधारणामा सञ्चालित छन् भने शिक्षण संस्था पनि अनलाइनमार्फत चलिरहेका छन् ।
चीनको शिक्षा मन्त्रालयले चीन सरकारले महामारी पूर्ण नियन्त्रणमा आइसकेको घोषणा तथा अभिभावकको स्वीकृति र शिक्षण संस्था जोखिम रोकथाम र नियन्त्रणका लागि पूर्ण तयार भएपछि मात्र शिक्षण संस्था खोल्ने जनाएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार, चीनमा ८० हजार ७ सय ५४ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यी संक्रमितमध्ये ५९ हजार ८ सय ९७ जनाको सफल उपचार भइसकेको छ ।
यसले ३ हजार १ सय ३६ जनाको ज्या’न लिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ९ तारिख १९ जना (उहान १७ जना) संक्रमित थपिएका छन् । यस बाहेक विदेशबाट आएका दुई व्यक्ति कोभिड–१९ संक्रमत भएको पुष्टि भएको छ । योसँगै चीनभित्र विदेशबाट आएका निश्चित संक्रमितको संख्या ६९ पुगेको छ ।