महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सबैभन्दा बढी मारमा परेको चीन त्यो सं’क्रमणमाथि नियन्त्रण गर्दै यतिखेर सामान्य अवस्थातिर फर्कने तरखर गर्दैछ । तर ठीक यतिनै बेला त्यो सं’क्रमणको भीषण मारमा चाहिँ युरोपेली देश इटाली परेको छ । इटालीमा बुधबार एकै दिनमा कोरोनाभाइरसको कारण ४७५ जनाको मृ’त्यु भएको छ ।
यतिखेर कोरोनाभाइरसको महामारीको कहर युरोपमा बढी केन्द्रीत भएको छ र त्यसको सबैभन्दा ठूलो शिकार इटाली भएको छ । यो लेख्दासम्म इटालीमा २ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ । अहिले इटालीमा ३५ हजार ७ सय १३ जना यो सं’क्रमणको शिकार भइसकेका छन् ।
त्यसो त इटालीमा संक्रमितमध्ये ४ हजार २५ जना निको पनि भइसकेका छन् ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार यतिखेर संसारभरिमा यो भाइरसले २ लाख १ हजारलाई संक्रमित गरिसकेको छ भने यसकै कारण ८ हजार जनाको मृ’त्यु भइसकेको छ । त्यसो त विश्वव्यापी रुपमा सं’क्रमितहरुमध्ये ८३ हजार जना निको पनि भइसकेका छन् ।