logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काेराेना आतंक : एकैदिनमा ९ सय बढीको मृ’त्यु


  • एजेन्सी
  • शनिबार, चैत्र ८ २०७६

विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ । इटालीको अवस्था त अहिले विश्वकै सबैभन्दा भयावह भएको छ ।

 

इटालीमा शुक्रबार मात्र ६२७ जनाको मृ’त्यु भएको छ । योसहित उक्त देशमा म’र्नेको संख्या ४ हजार ३२ पुगेको छ । यो संख्या चीनमा अहिलेसम्म म’र्नेको संख्याभन्दा ८ सयले बढी हो । चीनको ऊहानबाट सुरु भएको यो महामारीका कारण चीनमै भने अहिलेसम्म ३२४८ जनाको मृत्यु’ भएको छ । त्यसैले इटाली कोरोना महामारीको चपेटामा परेको विश्वकै सबैभन्दा प्रभावित मुलुक बनेको छ । ४७ हजार २१ जनामा भाइरस सं’क्रमित भएको सो मुलुकमा २४ घण्टाभित्र नयाँ सं’क्रमित हुनेहरुको संख्या ५ हजार ९ सय ८६ देखिएको छ भने उपचार गरेर फर्किनेहरुको संख्या ५ हजार १ सय २९ रहेको छ ।

त्यस्तै,अर्को युरोपेली मुलुक स्पेनमा पनि कोरोना भाइरसको सं’क्रमण तिव्र गतिमा फैलिरहेको छ । स्पेनमा शुक्रबार मात्र २ सय १२ जनाको मृ’त्यु भएको छ । योसहित म’र्नेहरुको संख्या १ हजार ४३ पुगेको छ । त्यस्तै सो देशमा सं’क्रमितहरुको संख्या २० हजार ४ सय १२ पुगेको छ भने शुक्रबार नयाँ सं’क्रमित हुनेहरुको संख्या २३ सय ३५ जना देखिएको छ । त्यस्तै बेलायतमा पनि शुक्रबार ४० जनाको मृ’त्यु भएको छ भने योसहित मृ’त्यु हुनेको संख्या १ सय ८४ जना पुगेको छ ।

बेलायतमा संक्रमितहरुको संख्या ३ हजार २ सय ६९ पुगेको छ । त्यस्तै नेदरल्यान्डस्मा चौबिस घण्टामा ३० जनाको मृ’त्यु भएको छ । योसहित सो देशमा मर्नेको संख्या १ सय ६ जना पुगेको छ । त्यस्तै फ्रान्समा मृ’त्यु हुनेको संख्या ३७२ जना पुगेको छ भने सं’क्रमितहरुको संख्या १० हजार ९ सय ९५ पुगेको छ ।

उता, स्वीट्जरल्यान्डमा शुक्रबार कोरोना भाइरसको सं’क्रमणकै कारण १३ जनाको मृ’त्यु भएको छ भने एकैदिन ११ सय ४३ जना संक्रमित भएका छन् । सं’क्रमित हुनेहरुको संख्या ५ हजार ३ सय ६५ पुगेको छ । युरोपकै अर्को प्रभावशाली मुलुक जर्मनीमा चौबिस घण्टामा ९ जनाको मृ’त्यु भएको छ भने योसहित ५३ जनाको मृ’त्यु भएको छ । त्यस्तै बेल्जियमा एकैदिन १६ जनाको मृ’त्यु भएको छ भने स्वीडेन ५ र डेनमार्कमा ३ जनाको मृ’त्यु भएको छ । उता पोर्चुगलमा २ जनाको मृ’त्यु भएको छ । यसरी कोरोनाको संक्रमणबाट चौबिस घण्टाभित्रै युरोपमा मात्र ९ सय भन्दा बढीको मृ’त्यु भएको छ ।

यद्यपि, शुक्रबार युरोपभन्दा बाहेकका इरानमा १४९, अमेरिकामा १७, चीनमा ३ जनाको मृ’त्यु भएको छ । अन्य देशमा यही अनुपातमा मृत्यु भएको छ । तर पछिल्ला दिन कोरोना संक्रमणकै कारण युरोपको जस्तो भयावह अवस्था अन्य मुलुकमा देखिएको छैन । चीनमा महामारी नियन्त्रणमै आइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार