राजनीति
दिल्लीको सडकमा करिब सात वर्ष अघि निर्भयामाथि सा’मूहिक ब’लात्कार गर्ने चारै दोषीलाई मृ’त्यु’दण्ड दिइएको छ । विभिन्न कानूनी अ’ड्चनबीच उनीहरुलाई शुक्रबार बिहानै फाँ’सी दिइयो । तिहाड जेलबाहिर सुरक्षा कडा गर्दै अर्ध’ससैनिक बलका जवानलाई पनि तैनाथ गरियो ।
फाँ’सी दिनुअघि तिहाड जेलका विभिन्न अधिकारी ‘फाँ’सी घर’ पुगे जसको निगरानीमा फाँ’सीको प्रक्रिया पूरा भयो । भारतीय सञ्चार माध्यम आजतकका अनुसार फाँ’सीमा चढ्नुअघि दोषीलाई जब नुहाउन र कपडा फेर्न भनियो तब दोषी पवनले कपडा फेर्न अ’स्विकार गरे । उनी रुन सुरु गरे र माफी मा’ग्न थाले ।
दोषीलाई फाँ’सी दिनुअघि नै तिहाड जेल बाहिर मानिसहरुको अत्यधिक भीड थियो । दिल्लीका स्थानीय जनता, केही अधिकारकर्मीले २० मार्चको दिनलाई निर्भयाका लागि सच्चा श्रद्धाञ्जली दिइएको दिनको रुपमा सम्झिए । दो’षीलाई फाँ सी दिएपछि त्यहाँ थुप्रैले उत्सव पनि मनाए, खुसीयालीमा मिठाई पनि बाँडियो ।