कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको अवस्थामा जर्मनीले नयाँ नियम लागू गरेको छ ।
जर्मनीको नयाँ नियमअनुसार अब घर र कार्यालयबाहेकका स्थानमा २ जनाभन्दा बढीको समुहमा बस्न पाइने छैन् । जर्मनीको चान्सलर एन्जेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएपछि मार्केल क्वारन्टाइन अर्थात् एकान्तवासमा बसेकाे जनाइएको छ ।
जर्मनीका सार्वजनिक स्थानमा एक व्यक्ति अर्का व्यक्ति भन्दा डेढ मिटर, सकेसम्म दुई मिटरको दूरीमा रहनुपर्ने नियम लागू गरिएको छ ।
कार्यालय वा चिकित्सककहाँ जान सकिने र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सकिने तर, अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको समाचार एजेन्सी हरुले जनाएका छन् ।
चान्सलर मार्केलले टेलिभिजनमा सम्बोधन गरेकोे केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टाइनमा बस्ने निर्णय भएको जानकारी दिएको थियो ।
गत शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनि आफै क्वारन्टाइनमा बस्नुपरेको हो ।