logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेरनेनाबारे डब्लुएचओकाे तथ्यांक कुन देशमा कति ? हेर्नुस्


  • एजेन्सी
  • शनिबार, चैत्र १५ २०७६

चार महिनादेखि सिंगो मानवजातिलाई नै हैरान बनाएको कोरोना भाइरस कहिले अन्त्य होला भन्ने यकिन अझै हुन सकेको छैन । विज्ञहरु नै यसको आंकलन गर्न सकिरहेका छेनन् । केही त दुई वर्षसम्म पनि यसको असर देखिनसक्ने बताउँछन् । विश्वका १ सय ९९ देशका जनताहरु भने महामारीको असर भोग्न मात्रै बाध्य छन् ।

कहाँ कति ?

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबारसम्म १ सय ९९ देशका ५ लाख ४२ हजार ५ सय ३३ मानिस संक्रमित छन् । जसमध्ये ३ लाख ९१ हजार ९ सय ७ नयाँ संक्रमित हुन् ।

२४ हजार ३ सय ६९ को मृत्यु भइसकेको छ । प्रतिशतमा हेर्दा प्रारम्भिक अवस्थामा भन्दा अहिले मृत्युदर बढेको हो । तर अहिलेसम्म १ लाख २६ हजार २ सय ५७ को उपचार भइसकेको छ । संक्रमितमध्ये गम्भीर अवस्थाका बिरामी १९ हजार ९ सय ६९ छन् भने मध्यम अवस्थामा ३ लाख ७१ हजार ९ सय ३८ छन् ।

कुन देश बढी प्रभावित ?

अमेरिका : चीनबाट सुरु भएको कोरोना संक्रमण अमेरिकामा अहिले सबैभन्दा तीव्र गतिमा फैलिएको छ । अमेरिकामा ८५ हजार ७ सय ४९ संक्रमित भइसकेका छन् । जुन विश्वकै सबैभन्दा धेरै संक्रमित संख्या हो । जसमध्ये अमेरिकामा ३ सय १४ नयाँ संक्रमित छन् । १ हजार ३ सय ४ को मृत्यु भइसकेको छ । १ हजार ८ सय ६८को उपचार पनि भएको छ । तर थप २ हजार १ सय २२ संक्रमित गम्भीर अवस्थामा पुगेका छन् ।

चीन : चीनको वुहानमा मात्रै संक्रमण सिमित हुँदा विश्वकै सबैभन्दा धेरै प्रभावित देश चीन नै थियो । अहिले चीन दोस्रो बढी संक्रमित संख्या भएको देशमा परेको छ । यहाँ ८१ हजार ३ सय ४० संक्रमित छन् । तीमध्ये १ हजार ३४ जना बिरामीको अवस्था गम्भीर छ । चीनमा मृत्युको संख्या भने ३ हजार २ सय ९२ पुगेको छ । तर ७४ हजार ५ सय ८८ को उपचार भइसक्यो ।

इटाली : इटाली पनि तीव्र रुपमा संक्रमण फैलिएको देशमध्ये एक हो । जहाँ छोटो समयमै सयौंको मृत्यु हुनुका साथै संक्रमित संख्या ८० हजार ५ सय ८९ पुगिसकेको छ । यो तेस्रो ठूलो संक्रमित संख्या हो । हालसम्म ८ हजार २ सय १५ को मृत्यु भइसकेको छ । १ हजार ३ सय ६१ को उपचार भयो भने ३ हजार ६ सय गम्भीर अवस्थामा पुगेका छन् ।

स्पेन : धेरै संक्रमित हुने देशमा स्पेन चौथो स्थानमा छ । जहाँ केही हप्तामै ५७ हजार ७ सय ८६ संक्रमित भए । ४ हजार ३ सय ६५ को मृत्यु भएको छ । तर ७ हजार जनाको उपचार भइसकेको छ । संक्रमितमध्ये ३ हजार १ सय गम्भीर अवस्थामा छन् ।

जर्मनी : जर्मनीमा ४७ हजार २ सय ७८ संक्रमित भइसकेका छन् । तीमध्ये ५ हजार ६ सय ७३ को उपचार भइसकेको छ । २ सय ८१ को मृत्यु भइसकेको छ ।

इरान : कोरोनाबाट अति प्रभावित देश इरान पनि हो । जहाँ ३२ हजार ३ सय ३२ संक्रमित छन् । जसमध्ये ११ हजार १ सय ३३ को उपचार भयो । तर २ हजार ३ सय ७८ को मृत्यु भइसकेको छ ।

फ्रान्स : फ्रान्समा २९ हजार १ सय ५५ संक्रमित भएका छन् । ४ हजार ९ सय ४८ को उपचार भयो । १ हजार ६ सय ९६ को मृत्यु भइसकेको छ ।

स्वीट्जरल्याण्ड : स्वीट्जरल्याण्डमा ११ हजार ९ सय ९१ संक्रमित भएका छन् । १ सय ९७ को मृत्यु भयो । ८ सय ९७ को उपचार भयो ।

युके : बेलायतमा ११ हजार ६ सय ५८ संक्रमित छन् । ५ सय ७८ को मृत्यु भइसकेको छ भने १ सय ३५ को उपचार भयो । बेलायत पनि तीव्र संक्रमण फैलने मुलुकमध्ये एक हो ।

दक्षिण कोरिया : प्रारम्भिक अवस्थामा ह्वात्तै संक्रमण फैलिए पनि कोरियाले छोटो समयमा नै नियन्त्रण गर्यो । यद्यपि, संक्रमितको संख्या ९ हजार ३३२ पुगेको छ । जसमध्ये ४ हजार ५ सय २८ को उपचार भइसक्यो । १ सय ३९ को मृत्यु भइसकेको छ ।

नेदरल्याण्ड : नेदरल्याण्डमा ७ हजार ४ सय ३१ संक्रमित भए । ४ सय ३४ को मृत्यु भएको छ । भने ३ जनाको मात्रै उपचार भयो ।

बेल्जियम : यहाँ ७ हजार २ सय ८४ संक्रमित भइसकेका छन् । २ सय ८९ को मृत्यु भयो । ८८ जनाको उपचार भयो ।

अस्ट्रिया : यहाँ संक्रमितको संख्या ७ हजार १ सय ९६ पुगेको छ । ५८ जनाको मृत्यु भयो भने २ सय २५ को उपचार भइसकेको छ ।

क्यानडा : क्यानडामा ४ हजार ४३ संक्रमितमध्ये २ सय २८ जनाको उपचार भइसक्यो । ३९ जनाको मृत्यु भयो ।

टर्की : टर्कीका भने ३ हजार ६२९ संक्रमितमध्ये अहिलेसम्म २६ जनाको मात्रै उपचार भयो । ७५ जनाको मृत्यु भइसकेको छ ।

पेर्चुगल : ३ हजार ५ सय ४४ संक्रमित भएको पोर्चुगलमा ६० जनाको मृत्यु भयो । ४३ जना उपचारपछि घर फर्किएका छन् ।

नर्वे : नर्वे कोरोना प्रभावित देश भए पनि यहाँको सरकारले नियन्त्रण गरिराखेको छ । अहिलेसम्म १५ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय २३ संक्रमित छन् । अहिलेसम्म ६ जनाको उपचार भयो ।

अस्ट्रेलिया : ३ हजार १ सय ६६ संक्रमित भएकोमा १३ जनाको मृत्यु भएको छ । १ सय ७० जना उपचारपछि घर फर्किए ।

इजरायल : ३ हजार ३५ जना संक्रमित भएकोमा इजरायलमा १० को मृत्यु भयो । ७९ जनाको उपचार सम्भव भयो ।

ब्राजिल : कडा नियन्त्रण प्रयासका बावजुद यहाँ २ हजार ९ सय ८८ संक्रमित छन् । ७७ जनाको मृत्यु भयो भने ६ को मात्रै उपचार भएको छ ।

स्वेडेन : स्वेडेनमा २ हजार ८ सय ५८ संक्रमित भएका छन् । तीमध्ये १६ जनाको उपचार भयो भने ७७ को मृत्यु भइसकेको छ ।

मलेसिया : प्रारम्भिक चरणमै संक्रमण फैलिएको मलेसियामा अहिलेसम्म २ हजार १ सय ६१ संक्रमित भएका छन् । यो युरोपेली देशको तुलनामा नियन्त्रण भएको हो । साथै २६ जनाको मृत्यु भएको छ भने २ सय ५९ को उपचार भयो ।

जापान : जापान पनि प्रारम्भिक चरणमै संक्रमण फैलने मुलुकमध्ये एक हो । जहाँ १ हजार ३ सय ८७ संक्रमित छन् । ४७ जनाको मृत्यु भयो भने ३ सय ५९ को उपचार भयो ।

पकिस्तान : पाकिस्तानमा भने १ हजार २ सय ५२ संक्रमित भइसकेका छन् । ९ जनाको मृत्यु भइसक्यो भने २३ जनाको उपचार सम्भव भएको छ ।

साउदी अरेयिबा : साउदीमा १ हजार १२ जना संक्रमित छन् । ३ जनाको मृत्यु भयो । ३३ जना उपचारपछि घर फर्किएका छन् ।

भारत : भारतमा ७ सय ७५ जना संक्रमित भेटिएका छन् । यद्यपि यहाँ शंकास्पदमध्ये धेरैको परीक्षण गर्न बाँकी रहेको बताइएको छ । अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ भने ७१ जनाको उपचार भइसकेको छ ।

नेपालमा भने अहिलेसम्म ३ जना मात्रै संक्रमित भेटिएका छन् । तीमध्ये एकजनाको उपचार भइसकेको छ । यद्यपि शंकास्पद सयौंको परीक्षण हुन सकिरहेको छैन । यसवाहेक उत्तर कोरिया, क्युबा लगायत कोरोना महामारी नफैलिएका विश्वभर १० वटा मात्रै देश छन् । बलियो र अत्याधुनिक संरचना भएका देश समेत महामारीबाट मुक्त हुन रातदिन प्रयासरत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार