logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेनाले २ लाख अमेरिकनकाे ज्यान जान्छ सक्छ : फाउकी


  • एजेन्सी
  • आइतबार, चैत्र १६ २०७६

अमेरिकाको सरकारका उच्च संक्रामक रोग विशेषज्ञले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण एकदेखि दुई लाख मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिएका छन् ।

आइतबार अमेरिकी समाचार संस्था सीएनएनलाई दिएको अन्तर्वार्तामा अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलग्र्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फाउकीले यस्तो चेतावनी दिएका हुन् ।

अन्तर्वार्तामा फाउकीले अमेरिकामा दशौं लाख मानिसमा यो रोगको संक्रमण देखिन सक्ने बताएका छन् । अमेरिकामा कोभिड–१९ का सबैभन्दा धेरै संक्रमित देखिएसँगै फाउकीको यस्तो चेतावनी आएको हो ।

अहिले अमेरिकामा यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या १ लाख २४ हजार नाघिसकेको छ । साथै यसबाट मृत्यु हुने मानिसको संख्या पनि मानिस संक्रमित २ हजार २०० कटिसकेको छ ।

फाउकीले अहिले अमेरिकाको विभिन्न राज्यले ल्याएको कोरोना भाइरस नियन्त्रणको योजना पर्याप्त नरहेको बताएका छन् । पछिल्लो केही दिनमा नै अमेरिकामा यो भाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार