आफ्ना सहयोगीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु क्वारेन्टाईनमा बस्न थालेका छन् ।
इजराइलको प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री नेतन्याहुका सहयोगीलाई कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै उनी क्वारेन्टाइनमा बस्न थालेका हुन् ।
इजरायलमा अहिले ४ हजार ३ ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये १ सय ३४ जना निको भैसकेका छन् । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।