logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट एकैदिन २ हजार १ सय ४६ काे मृत्यु


  • एजेन्सी
  • मंगलबार, चैत्र १८ २०७६

कोभिड-१९ कोरोना भाइरसले सोमबार यो समाचार तयार पार्दासम्म ३६ हजार २ सय १० जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन २ हजार १ सय ४६ जनाले ज्यान गुमाएका छन्। सोमबार विश्वभर कोरोनाले ७ लाख ५२ हजार ३ सय ८५ जना संक्रमित छन् भने १ लाख ५८ हजार ६ सय ९७ जना निको भएका छन्।

कोरोनाले सोमबार एकै दिन इटलीमा ८ सय १२ जनाले ज्यान गुमाएका छन्। इटलीमा ७५ हजार ५ सय २८ जना संक्रमित छन्। जसमध्ये ३ हजार ९ सय ८१ जना गम्भीर अवस्थाका छन्। इटलीमा नयाँ संक्रमित ४ हजार ५० जना थपिएका छन्। इटलीमा सोमबार सबैभन्दा बढीले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै स्पेनमा ५ सय ३७ जनाले ज्यान गुमाएका छन्। स्पेनमा ५ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै स्पेनमा ६१ हजार ७५ जना संक्रमित छन्। जसमध्ये ५ हजार २ सय ३१ जना गम्भीर छन्। त्यस्तै १६ हजार ७ सय ८० जनाको उपचार भइसकेको छ। कोरोनाले स्पेनमा हालसम्म ७ हजार ३ सय ४० जनाले ज्यान गुमाइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार