logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आगामी दुइ हप्ता थप पिडादायी हुने ट्रम्पको चेतावनी, यति संख्याको अनुमान


  • एजेन्सी
  • बुधबार, चैत्र १९ २०७६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृ’त्यु हुने बताएका छन् ।

कोरोनालाई आफ्नो देशले निकै सजिलै पराजित गर्न सक्छ भनेर बयान दिँदै आएका ट्रम्पको यो कठोर सन्देश हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्ना नागरिकलाई भयावह दिन अझै देख्न बाँकी भएको चेतावनी दिएका छन् ।

‘म प्रत्येक नागरिकलाई थप कठोर दिनका लागि तयार रहन अपिल गर्दछु । आगामी दुई हप्ता हाम्रो लागि असाध्यै गाह्रो समय हुनेछ,’ उनले भने ।

उनले थपे, ‘यो अदृश्य दुश्मनका कारण मानिसहरुको मृ’त्यु भइरहेको देख्दा असाध्यै धेरै पीडा भइरहेको छ ।’

अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५ सय २४ जना कोरोनाभाइरसले संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ को अवस्था गम्भीर बताइएको छ ।

यहाँ मृ’त्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार