logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

हलिउड अभिनेता ज्याकको कोरोना संक्रमणबाट मृ’त्यु


  • एजेन्सी
  • बिहिबार, चैत्र २० २०७६

प्रसिद्द हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना संक्रमणबाट नि’धन भएको छ । स्टार वार र ब्याटम्यान बेगिन्सजस्ता हलिउड फिल्महरुमा काम गर्ने अभिनेता ज्याकको मंगलबार बेलायतको एक अस्पतालमा निधन भएको हो । ७६ वर्षीय ज्याकलाई २ दिनअघि मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उनको कोरोना संक्रमणबाट मृ’त्यु भएको उनका सहयोगी जिन म्याको कुलेजले जानकारी दिएका छन् । पछिल्लो समय उनी स्वतन्त्र जीवन बिताइरहेका थिए । उनकी पत्नी गेब्रियल रोजर्स पनि अष्ट्रेलियामा क्वारेन्टाइनमा रहेकी छिन् । पतिको नि’धनमा समेत उनी उपस्थित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार