राजनीति
विश्वभरका वैज्ञानिकलाई कोरोनाको औषधि पत्ता लगाउने दबाब भइरहँदा भारतको सानै पहल केही उपयुक्त हुनसक्छ ।
विश्वभर मलेरिया विरुद्धको औषधि ‘हाइड्रोक्सिक्लोरोक्वाइन’लाई कोरोनाका बिरामीमा प्रयोग गर्न विज्ञ तथा चिकित्सकहरुलाई कडा दबाब छ । सबैभन्दा धेरुै ‘हाइड्रोक्सिक्लोरोक्वाइन’ उत्पादन हुने देशमा भारत पनि एक हो ।
भारत सरकारले यसैको निर्यातबारे छिट्टै निर्णय गर्नसक्ने बताइएको छ । गत महिना मात्रै भारतले उक्त औषधिको उत्पादन र निर्यातमा रोक लगाएको थियो । जब कि, वैज्ञानिकहरु कोरोना संक्रमितहरुमाथि यसको परीक्षण गर्न प्रयासरत छन् ।
कोभिड १९ का लागि हालसम्म कुनै औषधि वा खोप नबनिसक्क्दा यसको परीक्षण गर्नुपर्ने सुझाव कडा स्वरमा उठ्न थालेको हो । भारत यसको सबैभन्दा धेरै उत्पादन गर्ने देशमध्ये एक हो ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त औषधिको निर्यात फुकुवा गर्न आग्रह गरेको बताएका थिए । जब कि, अमेरिकामा उक्त औषधि अभाव जस्तै छ ।
आइतबार नै उक्त विषयलाई लिएर भारत सरकारको अन्तरमन्त्री बैठक बस्यो । र सोमबार पनि उक्त औषधिको घरेलु आवस्यकता पुर्ति गर्ने बारे बैठक बस्यो । एकजना वरिष्ठ अधिकारीले भारतीय मिडिया एनडिटिभीलाई भने अनुसार स्वास्थ्य मन्त्रालयले घरेलु आवस्यकता र यसको भण्डारबारे जानकारी दिएपछि सरकारले यसको निर्यातबारे निर्णय गर्नेछ ।
हालसम्म यसको निर्यात आम रुपमा भन्दा पनि कुटनीतिक स्तरबाट र ‘केस टु केस’ आधारमा हुने ती अधिकारीले जनाएका छन् । अमेरिकासँगै ब्राजिल र स्पेन जस्ता देशले पनि यसको लागि आग्रहह भएको छ । तर विदेश मन्त्रालयले प्राथमिकताको आधारमा कुन देशलाई उपलब्ध गराउन सकिन्छ भनेर निर्णय लिने ती अधिकारीको भनाइ छ ।
यसबारे यही मंगलबारको बैठकमा निर्णय लिनसक्ने बताइएको छ । भारतले यसअघि नै अधिकांश किट, भेन्टिलेटर, स्यानिटाइजर र मास्क जस्ता उपकरण निर्यातमा रोक लगाइसकेको छ ।जब कि, भारतमा नै ४ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् भने १ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।