logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

चिनमा बढ्याे काेराेना संक्रमितकाे संख्या


  • एजेन्सी
  • बुधबार, चैत्र २६ २०७६

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ६२ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । यसबाहेक यस्ता १ सय ३७ व्यक्ति भेटिएको जसमा कुनै स्पष्ट लक्षण नदेखिएको जानकारी दिएको छ ।

यो अघिल्लो दिनको तुलनामा बढि हो । सोमबार कोरोनाभाइरस संक्रमितको संख्या ३२ मात्रै थियो र स्पष्ट लक्षण नदेखिएका व्यक्ति ३० मात्रै थिए ।

चीनमा मंगलबार कोरोनाभाइरसका कारण दुईजनाको मृत्यु भएको छ जबकी सोमबार पहिलो पटक कसैको पनि मृत्यु भएन । सांघाईमा एकजनाको मृत्यु भयो भने अर्को हुबेई प्रान्तमा भयो । ऊहान शहर हुबेई प्रान्तमा नै छ जहाँ पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार