logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेना : कुन देशमा कति संक्रमित कतिकाे मृत्युु भयाे ? हेर्नुस्


  • एजेन्सी
  • बिहिबार, चैत्र २७ २०७६

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा गत २४ घण्टाभित्र १ हजार २५५ ले ज्यान गुमाएका छन्। यससँगै अमेरिकामा मर्नेको संख्या ८ हजार ४०७ पुगेको छ।

पछिल्लो समय महामारीको केन्द्रविन्दु बनेको अमेरिकामा ३ लाख ८ हजार ८५० मा संक्रमण पुष्टि भइसकेको छ। गत २४ घण्टामा ३१ हजार २२ नयाँ संक्रमित थपिएका हुन्।

गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोना संक्रमणका कारण हालसम्म विश्वभर ६४ हजार ६०६ ले ज्यान गुमाइसकेका छन्। यस्तै १२ लाख बराबरमा संक्रमण पुष्टि भइसकेको छ।

यूरोपमा संक्रमण अझ तीव्र
यूरोपका मुलुकहरूमा कोरोना संक्रमण अझ तीव्र बनेको छ।

यूरोपमा सबभन्दा बढी स्पेनमा संक्रमित देखिएका छन्। त्यहाँ १ लाख २६ हजार १६८ मा संक्रमण पुष्टि भएको हो। यो संख्यामा गत २४ घण्टाभित्र ६ हजार ९६९ नयाँ संक्रमित थपिएका छन्। यसैगरी ११ हजार ९४७ ले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

इटालीमा संक्रमण तीव्रता घटे पनि जर्मनी र फ्रान्समा भने क्रम घटेको छैन। इटालीमा २४ घण्टाभित्र ४ हजार ८०५ नयाँ संक्रमित थपिएका छन्। यससँगै त्यहाँ १ लाख २४ हजार ६३२ जनामा संक्रमण पुष्टि भइसकेको छ। फ्रान्समा भने सोही अवधिमा २५ हजार ६४२ नयाँ संक्रमित थपिएका छन्। यससँगै फ्रान्समा संक्रमित संख्या ९० हजार ८४४ पुगेको छ। यस्तै ७ हजार ५७४ ले ज्यान गुमाइसकेका छन्।

यसैगरी जर्मनीमा संक्रमित संख्या ९६ हजार ९२ पुगेको छ भने १ हजार ४४४ ले ज्यान गुमाइसकेका छन्।

चीनमा ३२ जना नयाँ संक्रमित
चीनमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै ८२ हजार ५४३ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ७६ हजार ९४६ निको भइसकेका छन्।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: ३,०८,८५०
मृत्यु: ८,४०७
निको: १४,६५२

स्पेन
संक्रमित: १,२६,१६८
मृत्यु: ११,९४७
निको: ३४,२१९

इटाली
संक्रमित: १,२४,६३२
मृत्यु: १५,३६२
निको: २०,९९६

जर्मनी
संक्रमित: ९६,०९२
मृत्यु: १,४४४
निको: २६,४००

फ्रान्स
संक्रमित: ९०,८४४
मृत्यु: ७,५७४

निको: १५,५७२

चीन
संक्रमित: ८२,५४३
मृत्यु: ३,३३०
निको: ७६,९४६

इरान
संक्रमित: ५५,७४३
मृत्यु: ३,४५२
निको: १९,७३६

बेलायत
संक्रमित: ४२,४७७
मृत्यु: ४,३२०
निको: २१५

टर्की
संक्रमित: २३,९३४
मृत्यु: ५०१
निको: ७८६

स्वीजरल्यान्ड
संक्रमित: २०,५०५

मृत्यु: ६६६
निको: ६,४१५

बेल्जियम

संक्रमित: १८,४३१
मृत्यु: १,२८३
निको: ३,२४७

नेदरल्याण्ड
संक्रमित: १६,७२७
मृत्यु: १,६५६
निको: २६२

क्यानडा

संक्रमित: १२,९७८
मृत्यु: २१८
निको: २,५७७

अस्ट्रिया

संक्रमित: ११,७८१
मृत्यु: १८६
निको: २,५०७

पोर्चुगल

संक्रमित: १०,५२४
मृत्यु: २६६
निको: ७५

दक्षिण कोरिया
संक्रमित: १०,१५६
मृत्यु: १७७
निको: ६,३२५

भारत
संक्रमित: ३,०८२
मृत्यु: ८६
निको: २२९

नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार