logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बग्दाद अमेरिकी कब्जामा, यसरी ढा’लियाे सद्दामकाे सालिक


  • राजनीति
  • बिहिबार, चैत्र २७ २०७६

सन् २००३ मा अमेरिकी सेनाले ईराकमाथि आ’क्रमण थालेको तेस्रो सातामै बग्दाद कब्जा गरेको दिन । अमेरिकी सेनाको विजय संकेत गर्न केही व्यक्तिले फिर्दोस स्क्वायरमा रहेको ईराकी राष्ट्रपति सद्दाम हुसैनको प्रतिमा ढा’लेका थिए ।

बग्दादको अधिकांश भूभाग अमेरिका नेतृत्वको नाटो गठबन्धनको क’ब्जामा आउदासम्म सद्दाम लुकिसकेका थिए। ‘सद्दाम हुसैनले अब हिट्लर, स्टालिन, लेलिन, चोउसस्कुलगायत असफल क्रु’र शासकको ठाउँ लिदैंछन् र इराकी जनता अब आफ्नो स्वतन्त्रताको बाटोमा छन्,’ तत्कालीन अमेरिकी रक्षामन्त्री डोनाल्ड एच रुम्सफेल्डले पेन्टागनमा पत्रकार सम्मेलन गर्दै भनेका थिए ।

डिसेम्बर २००३ मा अमेरिकी सेनाले सद्दामलाई प’क्राउ ग¥यो र त्यसको तीन वर्षपछि उनलाई फाँ’सी दिइयो । तर, डिसेम्बर २०११ अर्थात् यु’द्ध सुरु भएको ८ वर्षपछि मात्रै अमेरिकी सेनाले ईराक छाड्यो । तर, संकट गहिरिदैं गयो । २०१४ मा इस्लामिक स्टेटविरु’द्धको यु’द्धमा साथ दिन भन्दै फेरि अमेरिकी सेना इराक घुस्यो ।

अन्य घट’नाक्रम

सन् १६६९ – मुगल बादशाह औरंगजेबद्वारा सबै हिन्दू विद्यालय तथा मन्दिर ध्वस्त गर्न आदेश ।

सन् १८९३– हिन्दी भाषाका चर्चित साहित्यकार राहुल सांकृत्यायनको जन्म । महापन्डितको उपाधिबाट विभूषित सांकृत्यायनले बौद्ध धर्मबारे गरेको शोध हिन्दी साहित्यमा युगान्तकारी मानिन्छ । सन् १९७५ – पिपुल्स रिभोलुसनरी पार्टी आबद्ध भएको भन्दै दक्षिण कोरियामा आठ व्यक्तिलाई फाँ’सी ।

सन् १९८८– अमेरिकाद्धारा पानामामाथि आर्थिक प्र’तिबन्ध ।
सन् २०११ – लोकपाल कानून बनाउनुपर्ने माग भारत सरकारले स्विकारेपछि अन्ना हजारेद्वारा ९५ घण्टा लामो आमरण अनशन समाप्त ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार