logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

किन गरे ट्रम्पले माेदीकाे प्रसंसा


  • राजनीति
  • बिहिबार, चैत्र २७ २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफै तारिफ गरेका छन् । उनले मोदी वास्तवमा नै महान् र राम्रो भएको बताएका छन् ।

ट्रम्पले ट्वीटरमार्फत् मोदीको तारिफ गरेका हुन् । उनले लेखेका छन्, ‘असाधारण समयमा मित्रहरु बीच घनिष्ठ सहयोग आवश्यक छ । हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

ट्रम्पले भारतबाट २.९ करोड हाइड्रोक्सीक्लोरोक्विन पठाएको पनि जानकारी दिए ।

यसअघि मंगलबार ट्रम्पले धम्की दिँदै यदि भारतले उनको व्यक्तिगत आग्रहपछि पनि औषधी पठाउँदैन भने कारवाही गर्ने चेतावनी दिएका थिए । गत शनिबार ट्रम्पले भारतसँग कोरोनासँग लड्नका लागि मलेरियाका लागि प्रयोग हुने औषधी हाइड्रोक्सीक्लोरोक्विनको खोप माग गरेका थिए ।

हेर्नुस् ट्विट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार