logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

उत्तर काेरियामा काेराेना छैन : WHO


  • एजेन्सी
  • बिहिबार, चैत्र २७ २०७६

विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले उत्तर कोरियामा कोरोनाको संक्रमण शुन्य भएको बताएको छ । डब्लूएचओका अनुसार उत्तर कोरियाले ७ सय ९ जनामा कोरोनाको परीक्षण गरिएकोमा एक जनामा पनि संक्रमण देखिएको छैन ।

त्यस्तै ५ सय ९ जनालाई क्वारेन्टिनमा राखिएको बताइएको छ । ति मध्ये दुई विदेशी नागरिक छन् । यसअघि उत्तर कोरियाले आफ्नो देशका कोही कोरोना संक्रमित नभएको दावी गर्दै आएको थियो ।

कोरोना संक्रमण देखिएको चीन र संक्रमण फैलिएको दक्षिण कोरियसँग जोडिएको भएपनि उत्तर कोरियामा संक्रमण भेटिएको छैन । डब्लुएचओले उत्तर कोरिया नियन्त्रण गर्न सफल भएको भन्दै प्रशंसा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार