logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भ्याक्सिन नबनेसम्म लकडाउन नखोल्न सुझाव


  • एजेन्सी
  • शुक्रबार, चैत्र २८ २०७६

कोरोना भाइरसको रोकथामका लागि सँसारभरका धेरै देशहरुले लकडाउनको उपाय अबलम्बन गरिरहेका छन् । ठूलो जनसंख्या र अर्थतन्त्र भएका देशहरु पनि लकडाउनले ठप्प छन् । यो कहिलेसम्म जाने टुंगो छैन ।

केही देशले लकडाउन खुकुलो बनाउन थालेका छन् । चीनको वुआन क्षेत्र ७६ दिनको लकडाउनपछि खुलेको छ । युरोपका कतिपय देशहरु लकडाउन खुकुलो बनाउँदैछन् । अमेरिकाका कतिपय स्थानहरुमा लकडाउन खुकुलो नै छ ।

तर, एक अध्ययनले कोरोना भाइरसको भ्याक्सिन नबनेसम्म लकडाउन पूर्ण रुपमा खोल्न नहुने निष्कर्ष निकालेको छ । मेडिकल जर्नल द लान्सेटले चीनमा फैलिएको कोरोना भाइरसको अध्ययन गरी त्यस्तो निष्कर्ष निकालेको हो । अध्ययनले गणितीय पद्धतिमा लकडाउन खोल्दा दोस्रो चरणको कोरोना भाइरसको संक्रमण बढ्ने देखाएको छ ।

अध्ययनको नेतृत्व गरेका हङकङ विश्वविद्यालयका प्राध्यापक जोसेफ टु वुले सामजिक घुलमिल, उद्योग पुनसंचालन, विद्यालय पुनः संचालनलगायतले आयातित केसहरुको खतरा बढाउन सक्ने बताएको सीएनएनले बताएको छ । विभिन्न देशका सरकारहरुले विस्तारै विभिन्न किसिमका निषेधहरु हटाउने र रोग सर्नसक्ने विषयलाई नजिकबाट नियमन नगरेमा संक्रमणको गति बढ्न सक्ने औल्याएका छन् ।-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार