काेराेना महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् । कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको बेला ट्रम्पले नेपालसहित विश्वका विभिन्न देशहरुलाई सो आदे दिएका छन् ।
राष्ट्रपति ट्रम्पले फिर्ता नलिएमा वा जान अटेर गर्ने विदेशी नागरिकलाई जरिवाना तिर्नुपर्ने एक आदेशपत्रमा हस्ताक्षर गरेका छन् । यो आदेश पत्र जारी भएसँगै अब अमेरिकामा रहने विदेशी नागरिकलाई प्रशासनले जरिवाना तिराउनेछ ।
विदेशी नागरिकले अमेरिकीहरुको सार्वजनिक स्वास्थ्यमा खतरा थपेको भन्दै सम्बन्धित सबै देशहरुलाई समय सीमा भित्रै आफ्ना नागरिक फिर्ता लिन आदेश पत्रमा भनिएको छ ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको सूचनामा भनिएको छ, “अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिनाकारण ढिलाइ गर्ने देशहरूले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको समयमा अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन् ।” यो सूचनाको अटेर गर्नेलाई ‘भिसा निषेधाज्ञा’को कारबाही गर्ने जनाइएको छ ।
ट्रम्पको यो आदेश अमानविय भएको बताइएको छ । कोरोना मानिसहरु आवातजावत गरे संक्रमणको खतरा रहेको बेला यसरी मानिसहरुलाई मानिसहरुलाई फिर्ता गर्ने कोरोना फैलाउनु भएको भन्दै विरोध सुरु भएको छ
नेपालको पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मुखियालाई जोडेर भारतीय मिडियाले हिजोदेखि लगातार सम्प्रेसित समाचारले सिङ्गो नेपाली जगतलाई तरंगित पारेको छ । भारतीय सिमा सुरक्षाबल (एसएसबी) को रिपोर्टको हवाला दिएर जालिम मियाँ मुखियाले नेपालबाट ४०/५० जना कोरोना संक्रमित मुस्लिमहरुलाई भारत पठाएर सिङ्गो भारतलाई कोरोना प्रभावित गर्न खोजेको आरोप लगाइएको छ । यो दुई देशबीचको मैत्री तथा कुटनैतिक क्षेत्रमा निकै ठूलो र अत्यन्त ग’म्भीर सवाल हो । यो बिषयमा नेपाल पक्षले पनि यथासिघ्र छानबिन गर्नुपर्छ र आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ ।
यदि यो कुरा पुष्टि भएन भने भारतीय पक्षद्वारा नेपालको राष्ट्रिय सार्वभौमिकता माथि गरेको ना’ङ्गो हस्क्षेप साबित हुनेछ । जालिम मिया मुखिया नेपाली नागरिक मात्रै नभएर उनी स्थानीय जनप्रतिनिधि र सरकारी डबल नेकपाका नेता पनि हुन् । उनले ४०/५० जना कोरोना संक्रमित मात्रै होइन करिब दुईसय जति पाकिस्तानबाट आएका भारतीय मुस्लिमलाई एउटा मस्जिदमा राखेर अ’बैध तरिकाले भारत पठाउन लागेको आ’रोप लगाइएको छ ।
भारतीय न्युज च्यानल जी न्युजलगायतका मिडियाले यसलाई निकै जोडतोडका साथ समाचार प्रसारित गरिरहेका छन् । यसभन्दा अघि जब चाइनामा मात्रै कोरोना देखापरेको थियोे त्यतिबेला पनि भारतीय मिडिया जी न्युजको अर्थात डेली न्युज एनालाइसिसमा अब चीनसँग सामाजिक दुरी मात्रै होइन कि बिश्वले आर्थिक दूरी पनि कायम राख्नुपर्छ र चीनमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरु निकालेर भारत, मलेसिया, कतार, इण्डोनेसियालगायतका देशमा ल्याउनपर्छ भन्ने समाचार प्रसारण गरिएको थियोे ।
यसै सन्दर्भस्रोतको रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिंजो आबेको विचारलाई लिइएको थियो, जो देश अहिले आफै कोरोनाको उच्च जोखिममा छन् र उल्टै तिनलाई चाइनाले सहयोग गरिरहेको छ । यो भनेको समाजवादी मुलुकप्रतिको साम्राज्यवादी ह’मला थियोे । अहिले जालिम मिया अन्सारी (मुखिया) को नाममा भारतीय पक्षले गरेको मिडिया प्रचार पनि नेपालको सार्वभौमसत्ता माथिको भारतीय साम्राज्यवादी ह’मला हो । जसलाई अझ थप स्पस्ट निम्न बुँदाहरुमा गर्न सकिन्छ ।
१. नेपालमा हालसम्म देखापरेका ९ जना कोरोना संक्रमित भनेका भारत र अन्य देशबाट आएका मात्रै छन् । नेपाल अहिलेसम्म पनि कोरोनाको उच्च जोखिममा छैन । बरु भारतमा अहिले म’र्नेको संख्या ३ सय बढी र संक्रमितको संख्या ८ हजार बढी भएकोले खतरा नेपालबाट भारतलाई होइन कि भारतबाट खतरा नेपाललाई छ । फेरि जालिम मुखियाले पठाउन लागेका भनिएका संक्रमित पनि भारत प्रबेश नगरेको र सिटामोल खाएर नेपालकै मस्जिदमा रहेको भन्ने भारतीय मिडिया कै समाचारले पनि यसको आफै खण्डन गर्छ । यो भ्रामक प्रोक्सि वा’र हो ।
२. जालिम मुखियालाई कोरोना फैलाउने उद्योग गरेको भनिएता पनि त्यसमा भारतीय मिडियाले उनलाई अबै’ध ह’तियार, ला’गुऔ’षध र जाली नोटको कारोवार गर्ने अप’राधी भनेकाले यो कोरोना भन्दा पनि अन्य उद्देश्यले अभिप्रेरित न्युजजस्तो देखिन्छ । यदि यसो हो भने यो नेपाली र भारतीयलगायत सिंगो मुस्लिम समुदायमाथिको भारतीय ह’स्तक्षेप हो । यदि त्यसो नभए आफ्नै देशका भनिएका मुस्लिमलाई भारत पठाउदा किन यत्रो आप’त्ति रु नेपालमा पनि यदि कोहिँ समुदाय भारतबाट असुरक्षित छ भने त्यो मुस्लिम समुदाय नै हो । नेपालका मुस्लिम अगुवाहरुको ह’त्या लगातार भारतीय पक्षले गर्दै आएको इतिहास साँक्षी छ ।
३. कोरोनाको महामारीको कारण भारत र नेपाल दुबै देशमा लकडाउन गरिएको छ । यसलाई थप बलियो बनाउन नेपाल पक्षले सिमानामा व्यापक श’सस्त्र प्रहरी परिचालन गरेको छ । कोरोना प्रभाव र सुरक्षा संवेदनशीलताका कारण नेपालबाट भारत होइन बरु भारतबाट नेपाल आउने मानिसको संख्या धेरै छ र नेपाली मात्रै नभएर भारतीय नागरिक पनि नातागोताको संरक्षणमा नेपाल आइरहेको समाचार सम्प्रेशण भैरहेका छन् । त्यसकारण भारतीय मिडियाको यो समाचार भ्रा’मक र राजनीतिक अभिप्रेरित छ । यो भारतीय सत्ताधारी वर्गको असक्षमतालाई ढाकछोप गर्न ल्याइएको ग’लत अफावह सिवाय केही होइन । यस्तो ग’लत रुपमा फैलाइने हल्लाले नेपाललाई हैन भारतलाई नै नो’क्सा’नी गर्छ र सबैभन्दा झु’ठो बोल्ने भनेका भारतीयहरु नै हुन् भन्ने विश्व मान्यतालाई पुष्टि गर्छ ।
४. अमे’रिकी साम्राज्यवादका ना’इके डोना’ल्ड ट्रम्प र भारतीय साम्राज्यवादका नाइके नरेन्द्र मोदी दुबै नश्ल’वादी शासक हुन् । ट्रम्पको प्रथम अमेरिका भनेको क्रि’स्चियन धर्म, गोरो जाती, अङ्ग्रेजी भाषा र अमेरिकी पुँजीवादको सर्वोच्चता भनेको हो भने नरेन्द्र मोदीको मेकिङ भारत वा महान भारत भनेको हिन्दु धर्म, आर्यसमुदाय, भारतीय संस्कृति र भारतीय पुँजीवादको सर्वोच्चता भनेको हो । यी दुबै शासकहरु अल्पविकसित देश, श्रमजीवी जनता र मुस्लिम समुदायका दुश्मन हुन् । अहिले कोरोनाले अमेरिकाको बाइबलिय पुजिवाद र भारतको हिन्दुवादी पुजिवादलाई असफल पारिदिएको छ । यसै असफलताको आवरणमा आएकोे हो नेपालबाट भारतमा कोरोना प्रवेशको चि’त्कार । यसलाई पुँजीवादी राजनीतिक चरित्रका रुपमा लिनुपर्छ ।
५. सारमा भन्ने हो भने यो भारतीय पक्षद्वारा नेपालको सार्वभौमिकता र मुस्लिम समुदायमाथिको ना’ङ्गो ह’स्तक्षेप हो । सरकारी नेकपाका दोश्रो अध्यक्ष पुष्पकमल दाहालले कोरोनाबि’रुद्ध भारतसँग मिलेर ल’ड्ने अभिव्यक्ति दिए सँगसँगै यो सवाल भारतीय मिडियामा उठेको छ । बिषय उठानका पात्र पनि स्वयं सरकारी पार्टीकै जनप्रतिनिधि भएकोले यसमा सम्बन्धीत पक्ष गम्भीर भएर छानबिन गरोस् आधिकारिक धारणा सार्वजनिक गरोस । दो’षी भए का’र्वाही गरोस् । हैनभने सरकार र सरकारी पार्टी पनि त्यसको मति’यार साबित हुनेछ । तर नेपाली जनताले भने राष्ट्रिय सार्वभौमिकता माथिको हस्तक्षेपबि’रुद्ध संघ’र्ष जारी राख्ने छन् ।