विश्वभर फैलिएको काेराेना भाइरस नियन्त्रण गर्न विश्वका कैयाैन मुलुकले लकडाउनकाे घाेषणा गरेका छन् । यसक्रममा भारतको पञ्जाबमा आइतबार लकडाउनमा तैनाथ एक प्रहरीको तर’वारले हात का’टिएको छ भने आ’क्रमणमा अन्य छ जना प्रहरी घा’इते भएका छन् ।
तरवार आ’क्रमणमा पञ्जाब प्रहरीमा एसिस्टेन्ट सब इन्सपेक्टर रहेका हरजीत सिंहको देब्रे हात चुँ’डिएको थियो । उक्त हातलाई साढे सात घण्टा लामो सर्जरीपछि जोडिएको छ ।
शीर्ष सरकारी अधिकारीका अनुसार शिख समुदायका ७ जनालाई बोकेको गाडीलाई पटियाला जिल्लामा रहेको एक तरकारी बजार अगाडी प्रहरीको ब्यारिकेडमा रोकिएको थियो । उनीहरुसँग यातायातको पास माग्दा विवादपछि एक जनाले तरवार झिकेर हात नै का’टिदिएका थिए भने अन्य प्रहरीमाथि पनि आ’क्रमण गरेका थिए ।
त्यसपछि उनीहरुले अन्य प्रहरीमाथि पनि आ’क्रमण गरेका थिए । घा’इते प्रहरीहरुलाई चन्दीगढ स्थिति अस्पताल लगिएको थियो ।
‘साढे सात घण्टा लामो सर्जरीपछि एएसआई हरजीत सिंहको हात जोड्न सफल भएको समाचार साझा गर्दा मलाई निकै खुसी लागेको छ । म डाक्टरहरुको टोली र सहयोगी स्टाफको प्रयासका लागि धन्यवाद दिन चाहन्छु । हरजीत सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले ट्वीट मार्फत जानकारी दिए ।
उनले प्रहरीमाथिको यस्तो व्यवहार स’ह्य नहुने र दो’षीमाथि कडा का’रवाही गरिने प्रतिबद्धता जनाए । त्यस्तै, लकडाउन नमान्नेमाथि पनि कार’वाही गरिने चेतावनी दए ।
यता, स्थानीय गुरुद्वारामा एक घण्टा लामो अपरेशनपछि प्रहरीले सात अ’भियुक्तलाई प’क्राउ गरेको बताइएको छ । यसबारे अनुसन्धान चलिरहेको छ ।
भारतमा यतिबेला अप्रिल १४ सम्म लकडाउन लागू गरिएको छ । पञ्जाबमा भने अप्रिल महिनाको अन्त्यसम्म लकडाउनलाई थप गरिएको छ । पञ्जाबमा हालसम्म १५१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने ११ जनाले ज्या’न गुमाइसकेका छन् ।