logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

झन्डै २० लाख संक्रमित, सवा लाखकाे मृत्यु, कहाँ कति हेर्नुस् ?


  • राजनीति
  • बुधबार, बैशाख ३ २०७७

कोरोना भाइरसको महामारीले विश्वका २ सय १० वटा देशलाई आक्रान्त बनाएको छ । चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखिएको कोभिड १९ को असर पछिल्लो समय अमेरिका र युरोपका केही देशमा बढी देखिन थालेको छ । चीनले भने २ महिनाको लकडाउनपछि संक्रमणलाई लगभग नियन्त्रणमा राखेको छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके, इरान लगायत देशमा हरेक दिन नयाँ संक्रमित भेटिएका छन् ।

सुरुका दिनमा खासै संक्रमित नदेखिएको चीनकै छिमेकी भारतमा पनि पछिल्लो समय संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । एक महिनाभित्रै भारतमा १० हजार भन्दा धेरै संक्रमित भइसकेका छन् । उता युरोपका विकसित देशका लागि पनि महामारी ऐतिहासिक चुनौतीको रुपमा खडा भएको छ । विश्वका २ सय १० देशमा कोरोना भाइरसका कारण १९ लाख ४६ हजार ३ सय ८६ संक्रमित भइसकेका छन् ।

यस्तै मंगलबारसम्म १ लाख २१ हजार ७ सय ४ को मृत्यु भइसकेको छ । ४ लाख ६० हजार १ सय ११ जना भने उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५१ हजार ५८ जनाको अवस्था गम्भीर छ ।

कहाँ कति ?

अमेरिका

संक्रमित : ५ लाख ८८ हजार ४ सय ६५

मृत्यु : २३ हजार ७ सय ११
उपचार : ३७ हजार ३ सय २६
गम्भीर : १२ हजार ७ सय ७२

स्पेन

संक्रमित : १ लाख ७२ हजार ५ सय ४१
मृत्यु : १८ हजार ५६
उपचार : ६७ हजार ५ सय ४
गम्भीर : ७ हजार ३ सय ७१

इटाली

संक्रमित : १ लाख ५९ हजार ५ सय १६
मृत्यु : २० हजार ४ सय ६५
उपचार : ३५ हजार ४ सय ३५
गम्भीर : ३ हजार २ सय ६०

जर्मनी

संक्रमित : १ लाख ३० हजार ४ सय ३४
मृत्यु : ३ हजार २ सय २०
उपचार : ६८ हजार २ सय
गम्भीर : ४ हजार २ सय ८८

फ्रान्स

संक्रमित : १ लाख ३६ हजार ७ सय ७९
मृत्यु : १४ हजार ९ सय ६७
उपचार : २७ हजार ७ सय १८
गम्भीर : ६ हजार ८ सय २१

युके

संक्रमित : ९३ हजार ८ सय ७३
मृत्यु : १२ हजार १ सय ७
गम्भीर : १५ सय ५९

चीन

संक्रमित : ८२ हजार २ सय ४९
मृत्यु : ३ हजार ३ सय ४१
उपचार : ७७ हजार ७ सय ३८
गम्भीर : १ सय १६

इरान

संक्रमित : ७४ हजार ८ सय ७७
मृत्यु : ४ हजार ६ सय ८३
उपचार : ४८ हजाार १ सय २९
गम्भीर : ३ हजार ६ सय ९१

टर्की

संक्रमित : ६१ ह्जार ४९
मृत्यु : १ हजार २ सय ९६
उपचार : ३ हजार ९ सय ५७
गम्भीर : १ हजार ७ सय ८६

बेल्जियम

संक्रमित : ३१ हजार १ सय १९
मृत्यु : ४ हजार १ सय ५७
उपचार : ६ हजार ८ सय ६८
गम्भीर : १ हजार २ सय २३

भारत

संक्रमित : १० हजार ५ सय ४१
मृत्यु : ३ सय ५८
उपचार : १ हजार २ सय ५

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार