logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

पत्रकारले राष्ट्रपति ट्रम्पलाई घेरेपछी…….


  • राजनीति
  • बुधबार, बैशाख ३ २०७७

ह्वाइट हाउसमा दैनिक आयोजना हुने पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पत्रकारले चीनबारे प्रश्न सोधेर घेरेका छन् ।

ट्रम्पले कुनै बेला चीनको पारदर्शिताको तारिफ गर्ने गरेको र अहिले भने यसलाई कथित पारदर्शिता भन्ने गरेकोमा पत्रकारले यस्तो किन गरिएको भनेर प्रश्न सोधे ।

यसको जवाफमा उनले भने, ‘यदि मैले चीनका लागि सबैकुरा राम्रो भनेको भए म एक्लो व्यक्ति थिएँ जसले चीनका लागि आफ्नो सीमा बन्द गरेको थिएँ । मैले चीनको पारदर्शिताबारे कुरा गरिरहेको थिइनँ ।’

ट्रम्पले डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसमाथि आरोप लगाउँदै उनले चीनबाट सही सूचना ल्याउने कोसिस नगरी उनीहरुको ‘कथित पारदर्शिता’ को तारिफ गरेको बताएका थिए ।

यद्यपि, जनवरी २४ मा चीनसँग व्यापार सम्झौताबारे कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले नै चीनको पारदर्शिताको तारिफ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार