logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

डब्लुएचओ बिरुद्ध ट्रम्पकाे निर्णय ‘भयानक’ र ‘खतरापुर्ण’ : बिल गेट्स


  • राजनीति
  • बुधबार, बैशाख ३ २०७७

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन माथी लगाएकाे आर्थिक प्रतिबन्धप्रति विश्व कै धनी बिल गेट्सले अस्वभाविक भनी टिप्पणी गरेका छन् ।

माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक बिल गेट्स र उनकी श्रीमती मिलिन्डा गेट्सले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको आदेशलाई खतरनाक बताएका छन् ।

बिल गेट्सले ट्वीटरमा यसबारे प्रतिक्रिया दिँदै भने, ‘यो सुन्दा जति खतरनाक छ, त्यति नै भयानक छ ।’

उनले थपे, ‘उनीहरुको कामले नै कोभिड–१९ फैलन कम भएको छ र यदि यो कार्य रोकिए, अन्य कुनै पनि संस्थाले यसको स्थान ओगट्न सक्दैन । विश्वलाई अहिले विश्व स्वास्थ्य संगठनको सबैभन्दा धेरै आवश्यकता छ ।’

विश्व स्वास्थ्य संगठलाई बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनले पनि ठूलो आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

हेर्नुस् ट्विट 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार