logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

WHO माथी विश्वास गर्नु गल्ती : ट्रम्प


  • एजेन्सी
  • बिहिबार, बैशाख ४ २०७७

पछिल्लो समय विश्व स्वास्थ्य संगठन बिरुद्ध निकै आक्रमण देखिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरसमाथि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनको क्रममा एकपटक पुनः विश्व स्वास्थ्य संगठनमाथि रिस पोखेका छन् ।

ट्रम्पले आफूले जे सोचेको ठ्याक्कै त्यस्तै नै भएको बताए । उनले एउटै कुरा पुनः दोहोराउँदै भने, ‘कोरोनाभाइरसको संक्रमणका लागि मैले चीनका लागि अमेरिकी सीमा बन्द गर्ने घोषणा गर्दा यो निर्णयको व्यापक आलोचना गरियो ।’

उनी थप्छन्, ‘अन्य देशले विश्व स्वास्थ्य संगठनमाथि विश्वास गरे जुन अत्यन्त दुःखदायी हो । ती देशहरुले संगठनलाई विश्वास गरेर कुनै प्रतिबन्ध लगाएनन् । अब तपाईंहरुले देख्नुभएको छ कि इटली, स्पेन र फ्रान्समा के भइरहेको छ । भयानक गल्ती भएको छ र सायद उनीहरुलाई यो कुरा राम्रोसँग थाहा होला ।’

ट्रम्पले विश्व स्वास्थ्य संगठनको भूमिकामाथि प्रश्न उठाउँदै मंगलबार अमेरिकाले प्रदान गर्दै आएको रकम रोक्ने निर्णय गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार