logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

डि’प्रसेनका कारण कक्षाकाेठमा गाे’ला’बारी ३२ जनाकाे मृ’त्यु


  • राजनीति
  • बिहिबार, बैशाख ४ २०७७

आज १६ अप्रिल । सन् २००७ मा अमेरिकास्थित भर्जिनिया पोलिटेक्निक इस्न्टिच्युट एन्ड स्टेट युनिभर्सिटीमा २३ वर्षीय विद्यार्थी सिउङ हुई चोले अ’न्धाधु’न्ध ब’न्दू’क चलाउँदा ३२ जनाको ज्या’न गयो भने १७ जना घा’इते भए ।

दक्षिण कोरियाली मुलका यी अमेरिकी विद्यार्थीले बिहान ७ बजेर १५ मिनेट जाँदा क्याम्पस परिसरमै एक युवती र त्यही बस्ने कर्मचारीमाथि गो’ली हा’नेका थिए । यसपछि उनी त्यहाँबाट फ’रा’र भए ।

घ’टनास्थ’लमा छा’न’बिन गर्न आएको प्रहरीले ब’न्दू’कधा’रीको पहिचान गर्न सकेन, त्यसैले सुरुमा ती युवतीका प्रेमीमाथि शं’का ग-यो । यसैबीच ९ बजेर ४० मिनेट जाँदा उनी थप ह’तिया’र बोकेर कक्षाकोठा भवनमा आए । उनी ९ मिलिमिटरको ह्या’न्डग’न, २२ क्इा’लि’बरको ह्या’न्डग’न र सयौँ रा’उ’न्ड हा’न्न सक्ने गो’ली थियो ।

कक्षाकोठा भवन छिर्ने मुख्य ढोकाहरु ब’न्द गरेपछि उनी गो’ली चलाउँदै एक कक्षाकोठा अर्को कक्षामा जान थाले । झन्डै १० मिनेटसम्म विद्यार्थीबीच भा’गदौ’ड म’च्चि’यो । अन्त्यमा यी विद्यार्थीले आफैंले आफैंलाई गो’ली हानेर आ’त्मह’त्या गरे ।

यी विद्यार्थी त्यसअघि कक्षामा कमै बोल्ने गरेको र उनमा मा’नसिक स’म’स्या रहेको अ’नुसन्धा’नबाट खुल्यो । उनलाई म्युटिजम, डि’प्रेसनलगायतको बिरामी रहेको र उनले यसका लागि थेरापी लिइरहको र विशेष शिक्षा पनि लिइरहेका थिए । प्रहरी अ’नुस’न्धानअनुसार दक्षिण कोरियामा जन्मिएर सन् १९९२ मा परिवारसँगै अमेरिका छिरेका यी युवाले त्यसअघि कसैमाथि पनि ह’म’ला गरेका थिएनन् ।

घट’नाले ठूलो अन्तर्राष्ट्रिय मिडिया कभरेज पाएको थियो । यसले अमेरिकामा ह’ति’यार का’नूनबारे ठूलो बहस सृजना गरेको थियो । त्यस्तै, अमेरिकामा मा’नसिक स’मस्या भएका बिरामीहरुको उपचार गर्ने व्यवस्थाको बारेमा पनि प्रश्न उठाइएको थियो ।

अमेरिकी इतिहासमा विद्यालयमा भएको यो सबैभन्दा ठूलो गो’लीका’ण्ड थियो ।

अन्य महत्त्वपूर्ण घट’नाहरुः

सन् १८५३ – भारतमा रेलसेवा सुरु, बम्बईदेखि ठाणेसम्म चल्यो पहिलो रेल ।

सन् १८८९ – विश्वप्रसिद्ध हाँस्यकलाकार चार्ली च्याप्लिनको जन्म ।

सन् १९९० – भारतको बिहारको राजधानी शहर पटना नजिकको एक खचाखच भरिएको यात्रुवाहक गाडीमा बि’स्फो’ट हुँदा कम्तिमा ८० जनाको मृ’त्यु, ६५ जना घाइते ।राताेपाटीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार