चीन र रुसले संयुक्त रुपमा कोरोनाभइरसवि’रुद्ध ल’ड्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङ रुसका राष्ट्रपति म्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तामा कोरोनासँगको ल’डाइँमा भइरहेको प्रगति र विश्व समुदायलाई कसरी बचाउन सकिन्छ भन्नेबारे कुराकानी भएको चिनियाँ र रुसी संचारमाध्यमहरुले जनाएका छन् ।
त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई चीनसँग जोडेर राजनीतिककरण गरेको विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताइएको छ । ट्रम्पले ‘वुहान भाईरस, चिनियाँ भाईरस’ भन्दै राजनीतिककरण गरेको भन्दै त्यसको शसक्त रुपमा प्र’तिवाद गर्ने सी र पुटिनबीच सहमति भएको बताइएको छ ।
राष्ट्रपति पुटिनले चीनले कोरोनाभाइरसलाई नि’यन्त्रण गरेर जितको नयाँ सन्देश दिएको बताउँदै सीको प्रसंशा गरेका थिए । त्यसैगरी सीले पनि रुसले अहिलेसम्म कोरोनालाई नियन्त्रमै राख्न सफल हुँदै अन्य देशलाई सहयोग गरिरहेको भन्दै पुटिनको प्रसंशा गरेका थिए ।
दुबै नेताले अहिले कोरोनाबाट विश्व मानव समुदायलाई बचाउन सहकार्य गर्ने र त्यसपछि अमेरिकाले गरेको राजनीतिकको जवाफ दिने सहमत भएको सिसिटिभीले जनाएको छ । मुख्य ल’डाइँ कोरोनासँग भएकोमा पनि दुबै नेता सहमत भएको बताइएको छ । कोरोनालाई पराजित गरेपछि ट्रम्पसँगको राजनीतिक ल’डाइँ ल’ड्न तर अहिले समय खेर नफाल्ने सी र पुटिन सहमत भएको समाचारहरुमा बताइएको छ ।
कोरानालाई विश्वबाटै प’राजित गर्न सबैको सहकार्य अनिवार्य भएकोमा पनि दुबै नेताले कुराकानीको क्रममा जोड दिएको बताइएको छ ।
कोरोनाभइरसले महा’मारीको रुप लिन थालेपछि सी र पुटिनबीच पटकपटक फोन संवाद भइसकेको छ जनाइएको छ ।