logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

अमेरिकामा मृ’त्यु हुनेको संख्या ५० हजार क्रस


  • बिबिसी
  • शुक्रबार, बैशाख १२ २०७७

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृ’त्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो । जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार बढीको मृ’त्यु भएको थियो । योसहित त्यहाँ मृ’त्यु हुनेको संख्या ५० हजार ९ सय पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ७० हजारभन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वको सबैभन्दा बढी मानिसको मृ’त्यु भएपनि ह्वाइट हाउसले युरोपेली देशहरुको तुलनामा अमेरिकामा मृ’त्युदर अझै पनि कम रहेको दाबी गर्दै आएको छ । अमेरिकाको जनसंख्या अहिले ३३ करोड रहेको छ ।

जुन कोरोना महामारीबाट अत्याधिक प्रभावित युरोपेली मुलुकहरु इटाली र स्पेनको भन्दा निकै धेरै हो । कोरोना संक्रमणबाट इटालीमा २५ हजार ९६९ र स्पेनमा २२ हजार ५२४ जनाको मृ’त्यु भएको छ । –बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार