logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ग्रिनकार्डवाला समेत देशनिकाला गर्नसक्ने अमेरिकी अदालतको अनुमति


  • एजेन्सी
  • शनिबार, बैशाख १३ २०७७

धेरै अप’राधमा संलग्न ग्रिनकार्डवाहकलाई समेत अमेरिकाबाट देशनिकाला गर्नसकिने तल्लो अदालतको आदेश सर्बोच्च अदालतले पनि सदर गरेको छ । आज सर्बोच्च अदालतका ९ न्यायाधिसहरुमध्ये ५ जनाले धेरै अ’पराधमा संलग्न ग्रिनकार्डवाहकलाई देशनिकाला गर्नसकिने प्रावधानलाई सदर गरेका हुन् ।

अब कैयन अप’राधमा संलग्न भएकाहरु अमेरिकाबाट देशनिकालाको आदेश र’द्द गराउन सफल नहुने भएका छन् । अदालतले धेरै अप’राधकाकारण सन् २०१६ मा जर्जियामा देशनिकाला भएका एकजना आप्रवासीको मु’द्दाबारे फैसला गरेर यो नजिर कायम गरेको हो ।

देशनिकालामा परेका व्यक्तिले हातह’तियार, लागु औ’षध, आ’क्रमण लगायतका अ’पराधहरु गरेका थिए । ती व्यक्ति अमेरिकी ग्रिनकार्डवाहक थिए भने उनले देशनिकाला र’द्द गराउन माग गर्दै अदालतमा आवेदन दिएका थिए ।

सन् २०१६ मा ओबामा कार्यकालमा नै अध्यागमन अदालतका न्यायाधिसले ती व्यक्ति देशनिकाला र’द्द गराउन योग्य नभएको फैसला गरेका थिए । पछि सन् २०१७ मा पनि बोर्ड अफ इमिग्रेशन अपिलले उनको देशनिकालालाई छुट दिन नसकिने फैसला गरेको थियो ।-खसोखासबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार