logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

अमेरिकाद्वारा थप ६ देशमा प्रतिबन्ध,


  • राजनीति
  • आइतबार, बैशाख १४ २०७७

WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)

अमेरिकाकाले आज म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेका छन् ।

नयाँ प्रतिबन्ध अनुरुप बर्माका आप्रवासीहरुलाई अमेरिकामा आउन भिसा प्रतिबन्ध लगाइएको छ । तर अमेरिकी सरकारलाई सहयोग प्रदान गर्ने आधारमा विशेष आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्नेछन् । इरिटेरिया, क्रिग्रिस्तान र नाइजेरियामाथि पनि यस्तै खालको भिसा प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको घोषणाको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

सुडान र तान्जिनियाका नागरिकका सन्दर्भमा पनि डिभी लोटरी परेकाहरुलाई अमेरिकी भिसामा प्रतिबन्ध लगाइएको छ । सुडानबाट अमेरिकामा आतंककारीहरु आउनसक्ने सम्भावना भएको भन्दै डिभी लोटरी विजेताहरुमाथि प्रतिबन्ध लगाइएको हो । तान्जिनियाका सन्दर्भमा भने सुचना शेयर गर्ने प्रावधान पूरा नगरेको भन्दै डिभी लोटरी विजेताहरुको भिसामा प्रतिबन्ध लगाइएको हो ।

भिसा प्रतिबन्धबारे प्रेस सेक्रेटरीको वक्तब्य

भिसा प्रतिबन्ध घोषणा गरिएका नयाँ मुलुकहरुमा बर्मा बाहेक सबैमा ३५ प्रतिशत वा त्यो भन्दा बढी मुस्लिम जनसंख्या रहेको छ । यसअगाडि राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको यात्रा प्रतिबन्धमा पनि मुस्लिम बाहुल्य देशहरु रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार