logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

संकलटमा ट्रम्पले आफ्नै प्रसंसामा ढाइ लाख शब्द बोलेको न्युयोर्क टाइम्सको रिपोर्ट


  • एजेन्सी
  • मंगलबार, बैशाख १६ २०७७

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को सबैभन्दा धेरै असर हालसम्म अमेरिकामा देखियो ।

चीनबाट सुरु भएको उक्त महामारीलाई चीनले भने वुद्धिमानीपूर्वक नियन्त्रणमा लिन सफल भयो । तर अत्याधुनिक प्रविधि भएको र संसारकै बलियो अर्थतन्त्र भएको अमेरिकाले यसको सामना अझै गरिरनु परेको छ ।

त्यसो त, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘चिनियाँ भाइरस’ भन्दै पछिसम्म यसबारे व्यंग्य र आलोचना गर्दै विषयान्तर गरिरहे । ट्रम्प यस्ता अनेक कारणले पछिल्लो समय अमेरिकामा आलोचित पनि बनेका छन् ।

हरेक प्रेस ब्रिफिङका क्रममा ट्रम्पले धेरै प्रश्नको सामना गर्नु परेको छ । यतिसम्म कि, उनले कोरोना भाइरसको ब्रिफिङलाई चुनावी अभियानजस्तो बनाएको पनि आलोचना हुन थालेको छ ।
यस्तैमा न्युयोर्क टाइम्सले ट्रम्पबारे एक रोचक रिपोर्ट तयार पारेको छ ।

अमेरिकामा कोरोना भाइरस देखिएपछि अर्थात्, मार्च ९ यता ट्रम्पले आफ्नो प्रशंसामा मात्रै २ लाख ६० हजार भन्दा धेरै शब्द खर्चिएको खुलासा भएको छ । न्युयोर्क टाइम्सले तयार पारेको उक्त रिपोर्ट अनुसार ट्रम्पले प्रमुख विषयमा भन्दा पनि उनी आत्मप्रचारमा केन्द्रित देखिए ।

विभिन्न कामको क्रेडिट लिने, आफूलाई विशेष नेता ठान्ने जस्ता कुरामा उनले आफ्नै प्रशंसा गरेको पनि रिपोर्टमा उल्लेख छ । ट्रम्पले कोभिड १९ का लागि भने खासै दिएनन् । उनले दैनिक पत्रकार भेटघाट लगायत ठाउँमा दिएका अभिव्यक्तिका आधारमा अप्रिलको मध्यसम्मको समीक्षात्मक रिपोर्ट तयार पारिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार