राजनीति
WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)
एकातिर अमेरिकी गुप्तचर एजेन्सीले कोरोनाभाइरसलाई जानीजानी पैदा गरिएको होइन भनेको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरस चीनको ऊहान शहरको एक प्रयोगशालामा विकसित गरिएको दाबी गरिरहेका छन् ।
बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई एक पत्रकारले सोधे, ‘कोरोनाभाइरस ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ कसरी भनिरहनुभएको छ ? के तपाईंसँग यसको प्रमाण छ ?’
यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘पक्कै पनि, मसँग छ । मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठनले चीनको प्रचार–प्रसारको जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो । डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ ।’
ट्रम्पले भने, ‘तर मलाई चीनले यस्तो जानीजानी गर्यो वा गल्तीपूर्वक गर्यो, त्यो थाहा छैन । या कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्यो । मानिसहरुलाई हुबेईबाट चीनको अन्य स्थानमा जान रोक लगाइएको थियो तर संसारभरी यात्रा गर्न भने छुट थियो । म यस्तो कुरा बुझ्दििनँ । चीनभरी मानिसहरुको आवतजावतमा प्रतिबन्ध थियो तर संसारभरी यात्रा गर्न कसैलाई पनि केही प्रतिबन्ध थिएन । जे भयो त्यो निकै खराब भयो । यो निकै कठिन प्रश्न हो र यसको जवाफ भेटिन बाँकी नै छ ।’
कोरोनाभाइरसकाकारण संसारभरी हालसम्म ३३ लाख बढी व्यक्ति संक्रमित छन् भने २ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ ।
स्रोतः बीबीसी