logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चीनमाथि प्रतिबन्ध लगाउन सक्ने ट्रम्प भनाइ


  • एजेन्सी
  • शनिबार, बैशाख २० २०७७

अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।

उनले भने, ‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न सकिँदैन ।’

उनले यो कुरा पत्रकारलाई त्यतिबेला जानकारी दिए जब उनी अमेरिकी राष्ट्रपतिका लागि फार्महाउस क्याम्प डेविड जानका लागि हेलिकोप्टरमा बस्ने तयारीमा थिए ।

उनी फार्महाउसमा विकेन्डमा काम गर्ने बताइएको छ । ट्रम्प २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर निस्किएका छैनन् ।

उनी यो विकेन्ड आफ्ना केही सहयोगी र छोरी इभांका ट्रम्पसँग बिताउनेछन् ।

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार