logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेना चिनकाे प्रयाेगशालामा बनेकाे प्रयाप्त प्रमाण छ : अमेरिका


  • राजनीति
  • सोमबार, बैशाख २२ २०७७

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस (कोभिड–१९) चिनियाँ प्रयोगशालामा बनेको ‘पर्याप्त प्रमाण’ रहेको दाबी गरेका छन् । आइतबार एक अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन् । यद्यपि, उनले आफ्नो आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएका छैनन् ।

कोरोना भाइरसको उत्पत्तिलाई लिएर अमेरिका तथा चीनबीच आरोपप्रत्यारोप चलिरहेका बेला अमेरिकी विदेशमन्त्रीले पुनः चीनमाथि आरोप लगाएका हुन् ।

उत्कृष्ट विशेषज्ञहरुले यो भाइरस बनाएको र यसमा शंका गर्नुपर्ने कुनै कारण नभेटेको पोम्पेओको भनाइ छ ।

यसअघि गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो भाइरस चिनियाँ प्रयोगशालामा निर्माण गरिएको प्रमाण आफूहरुसँग रहेको बताएका थिए । चीन, डब्ल्यूएचओ र अन्य केही संक्रमक रोग विशेषज्ञहरुले यो भाइरस मानव निर्मित नरहेको बताइसकेका छन् ।

सन् २०१९ को अन्तिममा चीनको वुहानबाट निस्किएको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ११ लाख ५० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

स्रोत : द गार्जियन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार